8 years ago
November 7, 2017
केराला (एजेन्सी) – घरेलु टोली भारतले आज तेस्रो तथा निर्णायक टि-ट्वेन्टि खेलमा न्युजिल्यान्डको सामना गर्ने छ । थिरुभनान्थापुरमको ग्रिनफिल्ड अन्तर्राष्ट्रिय रङ्गशालामा खेलिने सो खेल नेपाली समय अनुसार ७.१५ बजे सुरु हुने छ ।
भारतले पहिलो खेल ५३ रनले जितेको थियो भने भ्रमणकारी टोली न्युजिल्यान्डले दोस्रो खेल ४० रनले जित्दै तीन खेलको श्रृंखला १-१ बनाएको थियो । त्यसैले आजको खेलको नतिजाले श्रृंखलाको निर्णय पनि गर्ने छ ।
भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीले आफ्नो स्तरको प्रदर्शन नगरेको भन्ने आलोचना पाउँदा उनले खेल्ने-नखेल्ने अथवा खेले पनि कुन नम्बरमा ब्याटिङ गर्ने छन् भन्ने स्पष्ट छैन ।
भारतका बलरद्वय जस्प्रित बुम्राह र भुवनेश्वोर कुमारले पछिल्लो खेलमा अन्तिमतिर राम्रो बलिङ गरे पनि पहिलो खेल खेलिरहेका मोहम्मद सिरजले भने खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । त्यसैले सिरजको आज टोलीमा स्थान अनिश्चित रहेको छ ।
पछिल्लो खेलमा भ्रमणीय टोलीका लागि बलर ट्रेन्ट बोल्टले निकै राम्रो प्रदर्शन गरेका थिए । यस खेलमा पनि भारतलाई खुलेर रन बटुल्न नदिन र सुरुवातमै विकेट लिएर दबाबमा राख्न बोल्टको ठूलो भूमिका हुने छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]