default_image

6 years ago

November 8, 2017

बंगलादेश भ्रमण फलदायी रह्यो – युवा टोली प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको युवा टोलीसँगको तीन अभ्यास खेल नेपाली टोलीका लागि निकै फलदायी भएको प्रशिक्षक विनोद दासले बताएका छन् । सोमबार राति स्वदेश फर्केको टोली एसीसी यू १९ एसिया कपमा भाग लिन हिजो राति मलेसिया गएको छ ।   बंगलादेश भ्रमणमा सुरुआती दुई खेलमा पराजित नेपाली टोलीले अन्तिम खेल जितेको थियो । बंगलादेशमा […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको युवा टोलीसँगको तीन अभ्यास खेल नेपाली टोलीका लागि निकै फलदायी भएको प्रशिक्षक विनोद दासले बताएका छन् । सोमबार राति स्वदेश फर्केको टोली एसीसी यू १९ एसिया कपमा भाग लिन हिजो राति मलेसिया गएको छ ।

प्रशिक्षक विनोद दास

 

बंगलादेश भ्रमणमा सुरुआती दुई खेलमा पराजित नेपाली टोलीले अन्तिम खेल जितेको थियो । बंगलादेशमा सिकेका चिजलाई खेलाडीले मलेसियामा प्रयोग गर्ने आशा व्यक्त गर्दै प्रशिक्षक दासले भने, ‘ब्याटिङमा केही सुधार आएको छ, खेलाडीको प्रदर्शनबाट सन्तुष्ट हुने ठाँउ छ ।मलेसियामा पनि सक्दो राम्रो क्रिकेट खेल्दै हरेक खेल जित्नको लागि प्रयास गर्नेछौं ।’ खेलाडीमा क्षमताको कुनै कमी नरहेको उल्लेख गर्दै मलेसिया जानुअघि उनले थपे, ‘ सोचे अनुरुपको गर्न सक्छौं कि सक्दैनौ भन्ने मुख्य विषय हो ।’

एसिया कपमा कात्र्तिक २५ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । समूह ‘ए’ मा नेपाल, बंगालदेशसहित भारत र आयोजक मलेसिसया रहेको छ । नेपालको दोस्रो खेल कार्तिक २६ गते भारतसँग खेल्नेछ ।

समूह चरणको अन्तिम खेल कार्तिक २८ गते नेपालले आयोजक मलेसियाको सामना गर्नेछ । भारत तीन पटकको एसिया कप च्याम्पियन हो । प्रशिक्षक दासकै नेतृत्वमा गत महिना मलेसियामा नै भएको इस्टर्न रिजन च्याम्पियन बन्दै नेपाल यू–१९ एसिया कपका लागि छनोट भएको थियो ।

 

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.