default_image

6 years ago

November 7, 2017

भारतलाई टि ट्वान्टी श्रृंखला, ८ ओभरको खेलमा ६ रनले विजयी

थिरुवनन्तपुरम (एजेन्सी)– भारतले न्युजिल्यान्डविरुद्धको तीन टि ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ । वर्षाले प्रभावित तेस्रो तथा निर्णायक टि ट्वान्टीमा आज न्युजिल्यान्डलाई ६ रनले हराउँदै भारतले उपाधि जितेको हो । सन् २०१५ को अक्टुबर यता भारतले घरेलु मैदानमा क्रिकेटको कुनै श्रृखंला गुमाएको छैन । टि ट्वान्टीअघि तीन एक दिवसिय श्रृखंलामा पनि भारतले न्युजिल्यान्डलाई २–१ ले हराएको […]

42 views

0 Bookmark

थिरुवनन्तपुरम (एजेन्सी)– भारतले न्युजिल्यान्डविरुद्धको तीन टि ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ । वर्षाले प्रभावित तेस्रो तथा निर्णायक टि ट्वान्टीमा आज न्युजिल्यान्डलाई ६ रनले हराउँदै भारतले उपाधि जितेको हो । सन् २०१५ को अक्टुबर यता भारतले घरेलु मैदानमा क्रिकेटको कुनै श्रृखंला गुमाएको छैन । टि ट्वान्टीअघि तीन एक दिवसिय श्रृखंलामा पनि भारतले न्युजिल्यान्डलाई २–१ ले हराएको थियो ।

आजको खेलमा टस जितेर न्युजिल्यान्डले फिल्डिङ रोजेको थियो । ८ ओभरमा घटाइएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ६७ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले ६ विकेटको नोक्सानीमा ६१ रन मात्र बनाउन सक्यो ।

भारतका लागि जस्पित बुम्रहाले २ तथा भुवनेश्वर कुमार र कुलदिप यादवले समान १ विकेट लिए । न्युजिल्यान्डका लागि कोलिन डी ग्रान्डहोमले सर्वाधिक १७ रन जोडेपनि जित दिलाउन सकेनन् । ग्लिन फिलिप्सले ११ रन जोडे भने बाँकी कुनै ब्याट्सम्यानले दोहोरो आँकडामा रन बनाउन सकेनन् ।

त्यसअघि भारतका लागि मनीष पाण्डेले १७, हार्दिक पाण्डेयले अविजित १४ र कप्तान विराट कोहलीले १३ रन जोडेका थिए । न्युजिल्यान्डका टिम साउथी, इस सोधीले समान २ र ट्रेन्ट बोल्टले १ विकेट लिएका थिए ।

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

Success

Thank you for your time.