default_image

8 years ago

December 3, 2017

अभ्यास खेलमा नेपाल केन्यासँग विजयी

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिगको युएईविरुद्धको खेलका लागि अभ्यासमा जुटिरहेको नेपाली क्रिकेट टोलीले केन्यालाई ६ विकेटले पराजित गरेको छ । नेपालका लागि बलिङमा ललित भण्डारी र ब्याटिङमा दिपेन्द्र ऐरी नायक रहे ।

नेपालले टस जितेर केन्यालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । केन्या केवल ३२.२ ओभर खेल्दै एक सय १० रनमा अल-आउट हुन पुगेको थियो । नेपालका लागि ललित भण्डारीले ४ विकेट लिएका थिए । केन्याको पारीमा ओपरद्वय रुसब पटेलले २७ र अलेक्जाउमा ओकान्डाले २५ रन जोडे पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

जवाफमा नेपालले सो लक्ष्य १९.५ ओभरमै पुरा गरेको थियो । २९ रनमा ३ विकेटको स्थितिबाट दिपेन्द्र ऐरी र शरद भेषवाकरले नेपाललाई जोगाएका थिए । दिपेन्द्रले ४६ रन जोडे भने शरदले ३१ रन जोडेका थिए । केन्याका लागि नेल्सन ओढिम्बोले २ विकेट लिएका थिए ।

डब्लुसीएलसी अन्तरगत सातौं चरणको खेलमा नेपालले यूएईविरुद्ध मंसिर २० र २२ गते दुई वटा खेल खेल्नेछ । नेपाल र युएई अन्तिम खेलअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.