default_image

6 years ago

December 4, 2017

ललितपुर पेट्रिएट्समा ट्यालेन्ट हन्टबाट ४ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिगको क्लब ललितपुर पेट्रिएट्सले ट्यालेन्ट हन्टबाट ४ खेलाडीलाई छनोट गरेको छ । ललितपुर पेट्रिएट्सले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर ट्यालेन्ट हन्टबाट ४ खेलाडीलाई छनोट गरेको जनाएको हो । ट्यालेन्ट हन्टबाट छानिएका ४ खेलाडीमध्ये एक खेलाडीलाई टिममा राखिने ललितपुर पेट्रिएट्सका प्रशिक्षक राजु बस्न्यातले जानकारी गराए । इपिएलमा ट्यालेन्ट हन्टबाट १ […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिगको क्लब ललितपुर पेट्रिएट्सले ट्यालेन्ट हन्टबाट ४ खेलाडीलाई छनोट गरेको छ । ललितपुर पेट्रिएट्सले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर ट्यालेन्ट हन्टबाट ४ खेलाडीलाई छनोट गरेको जनाएको हो ।

ट्यालेन्ट हन्टबाट छानिएका ४ खेलाडीमध्ये एक खेलाडीलाई टिममा राखिने ललितपुर पेट्रिएट्सका प्रशिक्षक राजु बस्न्यातले जानकारी गराए । इपिएलमा ट्यालेन्ट हन्टबाट १ जना खेलाडी राखिनुपर्ने प्रावधान छ । ट्यालेन्ट हन्टबाट काठमाडौंका प्रतिश जिसी, राजविराजबाट सुमित झा, बुटवलबाट विपिन आचार्य र विराटनगरबाट रित गौतम छानिएका हुन् । उनीहरुलाई पनि टिमसँगै बन्द प्रशिक्षणमा राखिने प्रशिक्षक बस्न्यातले जानकारी गराए ।

खेलाडी घोषणा कार्यक्रममा प्रशिक्षक बस्न्यातले ललितपुरले छानेका सबै चार खेलाडी नेपाली क्रिकेटमा योगदान दिन सक्ने खेलाडी रहेको बताए । ‘हामीले छानेका खेलाडीहरु निकै प्रतिभावान छन् । उनीहरु नेपाली क्रिकेटलाई योगदान दिन सक्ने खेलाडी हुन् ।’ प्रशिक्षक बस्न्यातले भने, ‘हामी यी चार खेलाडीलाई टिमसँगै प्रशिक्षणमा राख्नेछौं । प्रतियोगिताभन्दा एक दिनअघि मात्र एक खेलाडीलाई टिममा समावेश गर्ने छौं ।’ यस्तै प्रशिक्षक बस्न्यातले ट्यालेन्ट हन्टबाट छानिएका चार खेलाडीलाई ललितपुरले नछाड्ने बताए । उनले खेलाडीले नै छोड्न चाहे मात्र नरोकिने बताए ।

ललितपुर पेट्रिएट्सका अध्यक्ष तथा मालिक किशोर महर्जनले ट्यालेन्ट हन्टबाट छानिएका सबै चार खेलाडीलाई इपिएलको न्युनतम रकम उपलब्ध गराउने बताए । ‘इपिएलको नियमअनुसार एक खेलाडीलाई न्युनतम २५ हजार तोकिएको छ । हामीले ट्यालेन्ट हन्टबाट ४ खेलाडी छनोट गरेका छौं । २५ हजारको लागि हामी खेलाडी छान्ने छैनौ ।’ मालिक महर्जनले भने, ‘ललितपुरले टिममा नपर्ने तीन खेलाडीलाई पनि टिममा परेको खेलाडी सरह २५ हजार उपलब्ध गराउने निर्णय गरेका छौं ।’

इपिएलमा ललितपुरसहित विभिन्न ६ शहरको सहभागिता रहेको छ । लिग डिसेम्वर १८ बाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुदैछ ।प्रतियोगिताको विजेताले २१ लाख रुपैया प्राप्त गर्नेछ ।

दुई खेलाडी यू–१६ को क्याम्पमा

ललितपुर पेट्रिएट्सले ट्यालेन्ट हन्टबाट छानिएका ४ मध्ये दुई खेलाडी एसीसी यू–१६ रिजन च्याम्पियन्ससिपको क्याम्पमा परेका छन् । प्रशिक्षक राजु बस्न्यातका अनुसार प्रतिश जिसी र रित गौतम थाइल्याण्डमा आयोजना हुन लागेको एसीसी यू–१६ को क्याम्पमा पर्न सफल भएका हुन् । नेपाली यू–१६ टोलीले एसीसी यू–१६ रिजन च्याम्पियनसिपको लागि प्रशिक्षण शुरु गरेको छ ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टी- मधेश र तालतला फाइनल भिड्ने

चितवन (हाम्रो खेलकुद)- मधेश प्रदेश र भारतीय टोली तालतला इन्स्टिटाइट कोलकाता चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि‌ ट्वान्टी च्याम्पियनसिप क्रिकेटको‌ फाइनलमा भिड्ने भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा शुक्रबार भारतको क्षेत्रीय टोली पिएसआरए ग्रुप लखनउलाई २ विकेटले पराजित गर्दै मधेश फाइनलमा पुगेको हो। जितको लागि लखनउले दिएको १ सय ४८ रनको लक्ष्य मधेशले १९.४ […]

March 29, 2024

लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर लोकेश बमको आक्रामक शतकका बाबजुद नेपाल ‘ए’ ले टि२० सिरिजको पहिलो खेलमा आयरल्यान्ड वल्भ्ससँग २१ रनले पराजित भएको छ । आयरल्यान्डले प्रस्तुत गरेको २ सय २३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ३ बल अगावै २ सय १ रनमा अलआउट भयो । यससँगै वल्भ्सले सिरिजमा १-० को अग्रता लिएको […]

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

Success

Thank you for your time.