8 years ago
December 6, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको संयुक्त अरब इमिरेट्ससँगका अन्तिम दुई मध्येको पहिलो खेल आज खेल्दैछ । नेपाल र युएईबीचको खेल शिख जायद क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
नेपाल र युएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् । अब विश्व कपमा छनोट हुने नेपालको सम्भावनाका लागि एउटा मात्र विकल्प रहेको छ । जसका लागि नेपालले फेब्रुअरीमा डिभिजन २ खेल्नेछ । च्याम्पियनसिपको शीर्ष चारमा रहने टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् ।
तर नेपाल अबका दुई खेल जित्दा पनि शीर्ष ४ मा पर्ने छैन । यसअघिको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन २ मा घटुवा भएको थियो । गत साता युएई पुगेको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो । अभ्यास खेलमा अमेरिकासँग पराजित भएको नेपालले अर्को खेलमा केन्यालाई हराएको थियो ।
दुवै अभ्यास खेल कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र करण केसीले खेलेनन् । नेपाल र युएईबीचको खेल उक्त खेलको आइसिसीले आफ्नो अफिसियल वेबसाइटमार्फत प्रत्यक्ष प्रशारण गर्ने जनाइएको छ । नेपाल र युइएबीचको अर्को खेल शुक्रबार हुनेछ ।
नेपाली क्रिकेट टोली
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप कप्तान), शरद भेषावकर, विनोद भण्डारी, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने, दिलिप नाथ, ललित भण्डारी, आरिफ शेख
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]