default_image

8 years ago

December 6, 2017

शरद र ज्ञानेन्द्रको अर्धशतक, युएईलाई २ सय २२ रनको लक्ष्य

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यपक्तिका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो खेलमा ६ विकेटको क्षेतिमा २ सय २१ रन बनाएको छ ।

Nepali Cricket Team

टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले ५४ र शरदले अविजित ८१ रन बनाएपछि नेपालले युएईविरुद्ध सम्मानजनक स्कोर बनाएको हो । ९५ बल खेलेका शरदले ५ चौकाको मद्दतमा ८१ रनको महत्वपूर्ण योगदान गरेका छन् । ८३ बल खेलेका ज्ञानेन्द्रले ५ चौका प्रहार गरे ।

अर्का ओपनर दीलिप नाथले १६ रन बनाए भने कप्तान पारस खडेकाले २० रन जोडे । पारसले ३६ बल खेल्दै ४ चौका प्रहार गरे । सोमपाल कामीले २० रन बनाए भने आरिफ शेख रनको खाता नखोल्दै रन आउट भएका थिए । विनोद भण्डारीले ४ रन जोडे । युएईका लागि जोहार खानले २, मोहम्मद नाभिद, अहमद राजा र रोशन मुस्ताफाले समान १ विकेट लिए ।

नेपाल र युएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् । अब विश्व कपमा छनोट हुने नेपालको सम्भावनाका लागि एउटा मात्र विकल्प रहेको छ । जसका लागि नेपालले फेब्रुअरीमा डिभिजन २ खेल्नेछ । च्याम्पियनसिपको शीर्ष चारमा रहने टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् ।

तर नेपाल अबका दुई खेल जित्दा पनि शीर्ष ४ मा पर्ने छैन । यसअघिको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन २ मा घटुवा भएको थियो । गत साता युएई पुगेको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो । अभ्यास खेलमा अमेरिकासँग पराजित भएको नेपालले अर्को खेलमा केन्यालाई हराएको थियो ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.