default_image

6 years ago

December 7, 2017

दीपेन्द्रले युएईंविरुद्धको दोस्रो खेल पनि गुमाउने

दीपेन्द्रको स्थानमा अनिलले खेल्ने काठमाडौं (हाम्रो खेलकुद) – यू–१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान दीपेन्द्र सिंह ऐरीले युएईंविरुद्धको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेल पनि गुमाउने भएको छ । दुवईंमा अभ्यासका क्रममा दीपेन्द्रले चोट बोक्दा युएईंविरुद्ध बुधबार भएको पहिलो खेल गुमाएको थियो । चोट पूर्ण रुपमा ठीक नभइसकेकाले शुक्रबार हुने खेल पनि गुमाउने राष्ट्रिय क्रिकेट […]

23 views

0 Bookmark

दीपेन्द्रको स्थानमा अनिलले खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – यू–१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान दीपेन्द्र सिंह ऐरीले युएईंविरुद्धको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेल पनि गुमाउने भएको छ ।

दुवईंमा अभ्यासका क्रममा दीपेन्द्रले चोट बोक्दा युएईंविरुद्ध बुधबार भएको पहिलो खेल गुमाएको थियो । चोट पूर्ण रुपमा ठीक नभइसकेकाले शुक्रबार हुने खेल पनि गुमाउने राष्ट्रिय क्रिकेट टिमका टेक्निकल एनलिष्ट रमन शिवाकोटीले जानकारी गराए । अब उनको स्थानमा वैकल्पिक तथा रिजर्भ खेलाडी अनिल कुमार शाहले खेल्नेछन् ।
अनिसँगै कुशल भुर्तेल पनि वैकल्पिक खेलाडीको रुपमा दुवईं भ्रमणमा छ ।

नेपाल बुधबार युएईंसँग ७ विकेटले पराजित भएको थियो । शेख जायद क्रिकेट रंगशालामा नेपालले भोलि युएइंसँग दोस्रो तथा च्याम्पिनसिपको अन्तिम खेल खेल्दैछ । खेल नेपाली समयअनुसार ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।

यो खेललाई दुवै टोली (नेपाल र युएर्इं)ं ले आगमी फेब्रुअरीमा नामिवियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिताका लागि तयारीको रुपमा लिएको छ ।
नामिवियामा हुने डिभिजन टुमा नेपालसहित युएई, नामिबिया, केन्या, ओमन र क्यानाडाले प्रतिस्पर्धा गर्नेछ । यी ६ वटा टिम मध्ये शीर्ष दुई मा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन् ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेदरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र हङकङ भने विश्वकप छनोटमा प्रवेश गरिसकेका छन् ।

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

April 17, 2024

आइपिएलमा दिल्लीसँग गुजरातको हार

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार गुजरात टाइटेन्सलाई ६ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर ९२ रन बनाएको थियो । दिल्लीका लागि […]

April 17, 2024

आशुतोषको शतकमा बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – आशुतोष गिरहियाको सानदार शतकमा बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हात पारेको छ । बागमतीले बुधबार गण्डकी प्रदेशलाई ६७ रनको सहज नतिजामा हराएको हो । गण्डकीको यो लगातार दोस्रो हार हो । माथिल्लो मुलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट […]

Success

Thank you for your time.