default_image

6 years ago

December 10, 2017

श्रीलंकाविरुद्ध भारतको कमजोर ब्याटिङ

धर्मशाला (एजेन्सी)– श्रीलंकाविरुद्ध पहिलो एक दिवसिय क्रिकेटमा कमजोर ब्याटिङ गरेको भारतले १ सय १२ रनमा अलआउट भएको छ । पूर्व कप्तान महेन्द्र सिंह धोनीले मात्र धर्यतापूर्वक ब्याटिङ गरेको खेलमा भारतले मुस्किलले सयको आँकडा पार गरेको थियो । एक समय ७ विकेटको क्षतिमा २९ रन मात्र जोड्न सकेको भारतका लागि धोनीले ६५ रनको महत्वपूर्ण योगदान गरेको […]

22 views

0 Bookmark

धर्मशाला (एजेन्सी)– श्रीलंकाविरुद्ध पहिलो एक दिवसिय क्रिकेटमा कमजोर ब्याटिङ गरेको भारतले १ सय १२ रनमा अलआउट भएको छ । पूर्व कप्तान महेन्द्र सिंह धोनीले मात्र धर्यतापूर्वक ब्याटिङ गरेको खेलमा भारतले मुस्किलले सयको आँकडा पार गरेको थियो ।


एक समय ७ विकेटको क्षतिमा २९ रन मात्र जोड्न सकेको भारतका लागि धोनीले ६५ रनको महत्वपूर्ण योगदान गरेको थियो । भारती टोली ३८.२ ओभरमा अलआउट भएको थियो । धोनीले ८७ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । कुलदिप यादवले १९ र हार्दिक पाण्डेयले १० रन जोडे ।

अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तानको समेत जिम्मेवारी निर्वाह गरेका ओपनर रोहित शर्माले २ रन बनाउँदा अर्का ओपनर शिखर धवनले रनको खाता खोल्न सकेनन् । भ्रमणकारी टोलीका लागि सुरंगा लकमालले ४ विकेट लिएका थिए ।

 

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

Success

Thank you for your time.