8 years ago
December 10, 2017
धर्मशाला (एजेन्सी)– श्रीलंकाले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको छ । १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २०.४ ओभरमा ३ विकेट गुमाउँदै १ सय १४ रन जोडेको थियो । श्रीलंका लागि जित दिलाउन उपुल थारगांले सर्वाधिक ४९ रन जोडे ।
त्यस्तै एन्जेलो म्याथुले अविजित २५ र निरोशन डिकवेलाले अविजित २६ रन बनाएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले कमजोर प्रदर्शन गर्दै १ सय १२ रनमा अलआउट भएको थियो । पूर्व कप्तान महेन्द्र सिंह धोनीले मात्र धर्यतापूर्वक ब्याटिङ गरेको खेलमा भारतले मुस्किलले सयको आँकडा पार गरेको थियो ।
एक समय ७ विकेटको क्षतिमा २९ रन मात्र जोड्न सकेको भारतका लागि धोनीले ६५ रनको महत्वपूर्ण योगदान गरेको थियो । भारती टोली ३८.२ ओभरमा अलआउट भएको थियो । धोनीले ८७ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । कुलदिप यादवले १९ र हार्दिक पाण्डेयले १० रन जोडे ।
अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तानको समेत जिम्मेवारी निर्वाह गरेका ओपनर रोहित शर्माले २ रन बनाउँदा अर्का ओपनर शिखर धवनले रनको खाता खोल्न सकेनन् । भ्रमणकारी टोलीका लागि सुरंगा लकमालले ४ विकेट लिएका थिए ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]