default_image

6 years ago

December 11, 2017

नेपालले दियो थाइल्यान्डलाई १ सय ८० रन लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक थाइल्यान्डलाई १ सय ८० रनको चुनौति प्रस्तुत गरेको छ । ३५ ओभरको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ७९ रन बनाएको छ । टोलीका लागि त्रितराज दासले सर्वाधिक ३९ रन […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक थाइल्यान्डलाई १ सय ८० रनको चुनौति प्रस्तुत गरेको छ । ३५ ओभरको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ७९ रन बनाएको छ ।

टोलीका लागि त्रितराज दासले सर्वाधिक ३९ रन बनाए । उनले ५६ बल खेल्दै ४ चौका प्रहार गरे । त्यस्तै ओपनर कुशल मल्लले २४, सुनिल भण्डारीले २३, अर्का ओपन राजन मगले १७, कप्तान रित गौतमले १६ र प्रतिश जिसीले १२ रन जोडे ।

त्यस्तै नारायण जोशी र निखिल कुमार सिंहले समान ६, विशाल विक्रम केसीले ५ सूर्य तामाङले २, अजयकुमार लोनियाले १ रन बनाए । घरेलु टोलीका लागि कोकिएट चाटवाङले ३, कोङकिडाकोन, चिरापोङले समान २ तथा तिरापात र सारावाट मालिवानले समान १ विकेट लिए ।

समूह ‘ए’ मा नेपाल, थाइल्यान्डसँगै हङकङ र म्यानमार छन् । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले मंगलबार हङकङ र अन्तिम खेल बिहिबार म्यानमारको सामना गर्नेछ ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.