8 years ago
December 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक थाइल्यान्डलाई १ सय ३३ रनले पराजित गरेको छ । नेपालको जितमा बलर नारायण जोशी नायक रहे ।
१ सय ८० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९.३ ओभरमा ४६ रन बनाउँदै अल-आउट हुन पुगेको हो । नेपालका लागि नारायण जोशीले शानदार बलिङ गरेका थिए । उनले एक्लैले ५ विकेट लिए । त्यस्तै सूर्य तमाङले दुई तथा विक्रम केसी र निखिल सिहंले एकएक विकेट लिए । थाइल्यान्डका लागि अन्तिममा आएका कोकियाड चाटवोङ्गले मात्र ११ रनको योगदान दिदै दोहोरो अंक जोडेका थिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरको खेलमा २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । टोलीका लागि त्रितराज दासले सर्वाधिक ३९ रन बनाएका थिए । उनले ५६ बल खेल्दै ४ चौका प्रहार गरे । त्यस्तै ओपनर कुशल मल्लले २४, सुनिल भण्डारीले २३, अर्का ओपन राजन मगले १७, कप्तान रित गौतमले १६ र प्रतिश जिसीले १२ रन जोडेका थिए ।
त्यस्तै नारायण जोशी र निखिल कुमार सिंहले समान ६, विशाल विक्रम केसीले ५ सूर्य तामाङले २, अजयकुमार लोनियाले १ रन बनाएका थिए । घरेलु टोलीका लागि कोकिएट चाटवाङले ३, कोङकिडाकोन, चिरापोङले समान २ तथा तिरापात र सारावाट मालिवानले समान १ विकेट लिएका थिए ।
समूह ‘ए’ मा नेपाल, थाइल्यान्डसँगै हङकङ र म्यानमार छन् । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘बी’ मा मलेसिया, भुटान, चीन र सिंगापुर छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले मंगलबार हङकङ र अन्तिम खेल बिहिबार म्यानमारको सामना गर्नेछ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]