8 years ago
December 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावनलाई बलियो बनाएको छ । दोस्रो खेलमा नेपालले आज हङकङलाई ४ विकेटले हराएको छ ।

हङकङले छाडेको ८३ रनको लक्ष्य नेपालले २४.१ ओभरमा ६ विकेट गुमाएर ८४ रन जोड्दै जित हासिल गरेको थियो । पहिलो दिन नेपालले थाइल्यान्डलाई १ सय ३३ रनले हराएको थियो । नेपालको जितमा त्रितराज दासले सर्वाधिक २७ रन जोडे । उनले ४६ बलमा ३ चौका प्रहार गरेका थिए ।
ओपनर राजन मगरले १७, सुनिल भण्डारीले अविजित ११ र विशाल विक्रम केसीले ११ रन बनाएका थिए । अर्का ओपनर कुशल मल्ल र नारायण जोशीले समान २ रन जोड्दा कप्तान रित गौतमले रनको खाता खोल्न सकेनन् । हङकङका नसरुल्ला रानाले ३, रौनक कपुर, हुसेन खान मोहम्मद र आर्यन शदर सेट्टीले समान १ विकेट लिए ।
त्यसअघि नेपाली खेलाडीले कसिलो बलिङपछि टस जितेर ब्याटिङ गरेको हङकङले ३५ ओभर ९ विकेटको क्षेतिमा ८२ रन बनाएको थियो । नेपाली टोलीका लागि प्रतिश जिसी र अजय कुमार लोनियाले उच्च प्रदर्शन गरेपछि हङकङ कम स्कोरमा समेटिएको हो । ७ ओभर बलिङ गरेका प्रतिशले २ मेडन राख्दै १५ रन दिएर ३ विकेट लिए । त्यत्तिनै ओभरमा ५ मेडन राखेका अजयले मात्र २ रन खर्चेर २ विकेट लिएका थिए । नारायण जोशी र निखिलकुमार सिंहले समान १ विकेट लिए ।
हङकङका लागि आयर्न शरद सेट्टीले सर्वाधिक २४ रन जोडे । कलहन मार्स चालुले १६ र आरुस भागवतले १२ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले दोहोरो आँकडामा रन बनाउन सकेनन् । हङकङलाई हराउन सके नेपालको अघिल्लो चरणका यात्रा थप सहज हुनेछ । दुई दिनपछि समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारको सामना गर्नेछ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]