8 years ago
December 12, 2017
धनगढी (हाम्रो खेलकुद)– धनगढीमा बिहीबार सुरु हुने पशुपति फारवेष्ट कपको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लवको आयोजनामा हुने फारवेष्ट पशुपति कपको तेस्रो संस्करणमा १६ वटा टोलीले भाग लिने बताइएको छ ।
उद्घाटन खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लव बी र मदरल्याण्ड युवा क्लवले प्रतिस्पर्धा हुनेछ । गर्ने खेल तालिका सार्वजनिक गरिएको छ । कैलाली कञ्चनपुर सहित दाङसम्मका विभिन्न टोली र विभागीय टीमहरुले पनि सहभागीता रहने आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतले जानकारी दिए ।
प्रतियोगितामा विजेतालाई ३ लाख र दोस्रो हुने टोलीले १ लाख ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ५ वटा विधामा उत्कृष्ट खेलाडीलाई समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको अघिल्लो संस्करणको विजेताले २ लाख रुपैयाँ प्राप्त गरेका थिए । ‘खेल र खेलाडीको विकासको रहर, छाउँदैछ फारवेष्ट पशुपति कपको लहर’ भन्ने नारा सहित हुने प्रतियोगितामा झन्डै २० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]