8 years ago
December 13, 2017
मोहाली (एजेन्सी) – भारतीय ओपनर रोहित शर्माले श्रीलंका विरुद्धको दोस्रो एक दिवसीय खेलमा दोहोरो शतक बनाएका छन् । २ सय ८ रन बनाएका रोहितको एक दिवसीय करियरमा यो तेस्रो दोहोरो शतक हो ।
एक दिवसीय क्रिकेटमा दोहोरो शतक बनाउन सफल रोहितसहित केवल ५ खेलाडि पर्छन् – सचिन तेन्डुल्कर, विरेन्द्र सेहवाग, क्रिस गेल र मार्टिन गप्टिल । यी सबै खेलाडिको नाममा एकएक दोहोरो शतक रहेको छ भने रोहितको यो तेस्रो दोहोरो शतक हो ।
यस अघि रोहितले सन् २०१३ मा अष्ट्रेलिया विरुद्ध २ सय ९ रन बनाएका थिए । त्यस्तै सन् २०१४ मा श्रीलंका विरुद्ध नै रोहितले बनाएका २ सय ६४ रन एक दिवसीय क्रिकेटको इतिहासमै सबैभन्दा उच्च स्कोर हो ।
आज रोहितको १ सय ५३ बलको पारीमा १३ चौका र १२ छक्का सामेल थिए । उनको योग्दानसँगै भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ९२ रन बनाएको हो । रोहितलाई पहिलो विकेटका लागि शिखर धवनले ६८ रन बनाउँदै र दोस्रो विकेटका लागि श्रेयस ऐयरले ८८ रन बनाउँदै राम्रो साथ दिएका थिए ।
टस जितेर पहिले फिल्डिङ रोजेको श्रीलंकाले अब ३ सय ९३ रनको लक्ष्य पछ्याउने छ । तीन खेलको सिरिजमा श्रीलंका पहिलो खेल जित्दै १-० ले अगाडि रहेको छ ।
December 9, 2025
एजेन्सी – भारतले पहिलो टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई १ सय १ रनले हराउँदै सानदार जित निकालेको छ। कटकमा भएको खेलमा दक्षिण अफ्रिका मात्र १२. ३ ओभरमा ७४ रनमा अल आउट भएको थियो। टि ट्वान्टी आई इतिहासमा दक्षिण अफ्रिकाको यो सबैभन्दा कम स्कोर हो । पहिला ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै १ सय ७५ […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक […]