default_image

8 years ago

December 13, 2017

ललितपुर प्याट्रियट्सले सार्वजनिक गर्‍यो तीन विदेशी खेलाडी

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टोली ललितपुर प्याट्रियट्सले आफ्नो टिमबाट खेल्ने तीन विदेशी खेलाडीको नामवली सार्वजनिक गरेको छ ।

लिग आयोजक इपीएल प्राइभेट लिमिटेडले प्रत्येक टोलीमा ३ जना विदेशी खेलाडी अनिवार्य गरेको थियो । प्याट्रियट्सले बुधबार विदेशी खेलाडीको रुपमा दिल्ली डेयरडेबिल्सबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेका योगेश नगरसहित दिल्लीकै सुबोध कुमार भाटी र बर्बाेदाका जय किसान अनिल कुमार कोल्सवालालाई सार्वजनिक गरेको हो ।

ललितपुर प्याट्रियट्समा अनुबन्धित भएका तीन खेलाडीमध्ये नगरमात्रै आइपिएलको अनुभवी खेलाडी हुन् । नगरले १८ वटा प्रथम श्रेणीको खेल खेलिसकेका छन् भने २० वटा लिस्ट ए का म्याचहरु खेलेका छन् । यस्तै भाटीले प्रथम श्रेणीका २ तथा लिस्ट एमा १२ खेल खेलेका छन् । दिल्लीको प्रतिनिधित्व गर्दै उनले रणजी ट्रफी लगायतका प्रतियोगिता खेलेका छन् । यस्तै, जयकिसन बरोडाबाट खेल्ने गर्छन् । जयकिसनले ललितपुरका लागि विकेटकिपरको भुमिका निर्वाह गर्ने पक्का छ ।

टोलीका मालिक किशोर महर्जनका अनुसार विदेशी खेलाडीहरु १६ डिसेम्बरमा नेपाल आइपुग्नेछन् । उनीहरुलाई ३ सय देखि ५ सय डलरसम्मको पारिश्रमिक दिएर टोलीमा भित्र्याइएको मालिक महर्जनले जानकरी गराए ।

टोलीले बुधबार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा टिमका मार्की खेलाडी ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी प्रदान गरेको छ । यस्तै कार्यक्रमकै अवसरमा ललितपुर प्याट्रियट्सले विदेशी ३ सहित १४ खेलाडीको अन्तिम नामावाली सार्वजनिक गरेको छ । ट्यालेन्ट हन्टबाट छानिएका मध्ये १ जनालाई प्रतियोगिता भन्दा १ दिन अघि टिममा राखिने ललितपुर प्याट्रियट्सले जनाएको छ । ट्यालेन्ट हन्टमा अहिले थाइल्याण्डमा यू–१६ खेलिरहेका प्रतिश जिसी र रित गौतम रहेका छन् । यस्तै सुमित झा र विपिन आचार्य पनि ट्यालेन्टहन्टबाट ललितपुरमा छानिएका खेलाडी हुन् ।

ललितपुरको प्रशिक्षकमा राजु बस्न्यात रहेका छन् । इपीएल पुस ३ गतेदेखि सुरु हुँदैछ । प्रतियोगितामा विभिन्न ६ शहरका टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले २१ लाख प्राप्त गर्नेछ ।

ललितपुर प्याट्रियट्सका खेलाडीहरु:

१. ज्ञानेन्द्र मल्ल (कप्तान)
२.मेहबुव आलम
३.सन्दिप लामिछाने
४.सोनु तामाङ
५.ललित राजवंशी
६.सन्दिप जोरा
७.शंकर राना
८.पवन सर्राफ
९.कुशल भुर्तेल
१०.राजवीर सिंह
११. रसिद खान
विदेशी खेलाडी
१.सुवोध कुमार भाटी
२.योगेश नगर
३. जयकिसान अनिल कुमार कोल्सवाल
ट्यालेन्ट हन्ट खेलाडी
१. प्रतिश जिसी
२.रित गौतम
३.सुमित झा
४. विपिन आचार्य

December 9, 2025

भारतसँग दक्षिण अफ्रिका पराजित

एजेन्सी – भारतले पहिलो टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई १ सय १ रनले हराउँदै सानदार जित निकालेको छ। कटकमा भएको खेलमा दक्षिण अफ्रिका मात्र १२. ३ ओभरमा ७४ रनमा अल‌ आउट भएको थियो। टि ट्वान्टी आई इतिहासमा दक्षिण अफ्रिकाको यो सबैभन्दा कम स्कोर हो । पहिला ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै १ सय ७५ […]

December 9, 2025

विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]

December 9, 2025

विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य, विनोदको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक […]

Success

Thank you for your time.