8 years ago
December 13, 2017
मोहाली (एजेन्सी) – भारतले दोस्रो एक दिवसीय खेलमा श्रीलंकालाई १ सय ४१ रनले पराजित गरेको छ । यस जितसँगै भारतले ३ खेलको सिरिजलाई १-१ को बराबरीमा ल्याएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९२ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले २ सय ८ रनको कीर्तिमानी पारी खेलेका थिए ।
१५३ बलको सामना गर्दै उनले १३ चौका र १२ छक्का पनि प्रहार गरेका थिए । उनलाई शिखर धवनले ६८ रन बनाउँदै र श्रेयस ऐयरले ८८ रन बनाउँदै राम्रो साथ पनि दिएका थिए ।
एक दिवसीय क्रिकेटमा दोहोरो शतक बनाउन सफल रोहितसहित केवल ५ खेलाडि पर्छन् – सचिन तेन्डुल्कर, विरेन्द्र सेहवाग, क्रिस गेल र मार्टिन गप्टिल । यी सबै खेलाडिको नाममा एकएक दोहोरो शतक रहेको छ भने रोहितको यो तेस्रो दोहोरो शतक हो ।
यस अघि रोहितले सन् २०१३ मा अष्ट्रेलिया विरुद्ध २ सय ९ रन बनाएका थिए । त्यस्तै सन् २०१४ मा श्रीलंका विरुद्ध नै रोहितले बनाएका २ सय ६४ रन एक दिवसीय क्रिकेटको इतिहासमै सबैभन्दा उच्च स्कोर हो ।
जवाफमा श्रीलंकाले आफ्नो निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा केवल २५१ रन बनाउन सफल भयो । एन्जेलो म्याथ्युजले १ सय ११ रनको पारी खेले पनि श्रीलंका भारतको लक्ष्य भेट्याउने स्थितिमा देखिएको थिएन ।
श्रीलंकाको लागि असेला गुनरत्नेले ३४ रन जोडेका थिए भने अन्य खेलाडिहरुले महत्त्वपूर्ण योग्दान दिन सकेनन् । भारतका लागि स्पिनर युज्भेन्द्र चहालले ५ विकेट ३ विकेट लिएका थिए भने जस्प्रित बुम्राहले २ विकेट लिए ।
विनय कुमार, हार्दिक पाण्डेय र वासिङटन सुन्दरले पनि एकएक विकेट लिए । अब यी दुई टोलीले तेस्रो र अन्तिम खेल आइतबार खेल्ने छन् । सिरिज १-१ को बराबरीमा रहेकाले सो खेल निर्णायक खेल हुने छ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]