default_image

6 years ago

December 14, 2017

नेपालले म्यानमारलाई ३ सय ३७ रनले हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको छ । ३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो ।   नारायण जोशी र मेख बहादुरसेन थापाले […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको छ । ३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो ।

म्यान अफ दी म्याचको ट्रफी ग्रहण गर्दै नेपाली युवा टोलीका कप्तान रित गौतम (दायाँ)।

 

नारायण जोशी र मेख बहादुरसेन थापाले समान ४ विकेट र विशाल विक्रम केसीले १ विकेट लिएपछि म्यानमार टोली सस्तैमा समेटिएको थियो । नारायणले ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चे । मेखले ३ ओभरमा ४ रन दिए । विशालले ३ बलमा रन नखर्चि विकेट लिए । म्यानमारका लागि हियन अयुङले सबैभन्दा बढी ३ रन बनाए भने ७ खेलाडीले रनको खाता समेत खोल्न सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले कप्तान रित गौतमले अविजित शतक बनाएपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको छ । माथिल्लो क्रममा ब्याट्सम्यानले उच्च प्रदर्शन गरेपछि नेपालले ३ सय माथि रन जोडेको थियो । पाँचौं विकेटका लागि कप्तान रित र त्रितराज दासले ९९ रनको ठूलो साझेदारी गरेका थिए ।

७८ बल खेलेका रितले १२ चौका साथ अविजित १ सय ६ रन जोडे । त्रितले पनि अर्धशतक पुरा गरे । मात्र २९ बल खेलेका त्रितराजले ७ चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाएका थिए । विशाल विक्रम केसीले ४२ बलमा ७ चौकासहित ४२, ओपनर कुशल मल्लले २३ बलमा ३ चौका र त्यत्तिनै छक्कामा ३६ रन तथा सुवास ऐरले १७ रन जोडेका थिए । आयोजक थाइल्यान्डलाई पहिलो खेलमा १ सय ३३ रनले हराएको नेपालले अर्को हङकङलाई ४ विकेटले हराएको थियो ।

 

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

April 24, 2024

लुम्बिनीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बुधबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २३ रनले हराउँदै फाइनलमा पुग्ने संभावना कायमै राखेको छ। लुम्बिनीको जितमा आकाश त्रिपाठीले ६७ रनको पारी खेले। १ सय ३८ रनको विजय लक्ष्य पछाएको सुदूरपश्चिम १८.३ ओभरमा मात्र १ सय १८ रनमा अल आउट भयो। सुदूरपश्चिमले कुनैपनि समयमा ठूलो साझेदारी […]

Success

Thank you for your time.