8 years ago
December 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको हो ।
३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो । यस जितसँगै नेपाल सेमिफ़ाइनलमा पनि प्रवेश गरेको छ । सेमिफ़ाइनलमा नेपालले शनिबार मलेसियाको सामना गर्ने छ ।
जान्नुहोस् यस खेलका केही रोचक तथ्यहरु:
ब्याटिङ्गतर्फ़
नेपालले १० रन प्रति ओभरको दरले रन बटुल्दै ३५ ओभरमा ३५० रन जोडेको थियो ।
नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान रित गौतमले १०६ रन बनाए ।
७८ बलमा १०६ रन बनाएका रितको १४२ को स्ट्राइक रेट थियो ।
रितले आफ्नो पारीमा १२ चौका प्रहार गरे भने उनको पारीमा कुनै छक्का भने सामेल थिएन ।
चौथो विकेटका लागि रित र त्रित राज दासले ९९ रन जोडेका थिए ।
त्रितले २९ बलमा ६४ रन जोडेका थिए । ७ छक्का र ३ चौकासहित त्रितको स्ट्राइक रेट २२० को थियो ।
छैठौं विकेटका लागि रित र प्रतिस जीसीले अवजित ११२ रनको साझेदारी गरेका थिए ।
३१ बलमा ६३ रन जोड्दै प्रतिसको स्ट्राइक रेट २ सय ३ को थियो ।
बलिङतर्फ
म्यानमारका ७ जना खेलाडिले रनको खातै खोलेनन् ।
दशौं स्थानमा आएका हिन अङले १८ बलमा ३ रन जोड्दै म्यानमारका लागि सर्वाधिक योग्दान गरे ।
नेपालले ६ वाइड फालेको थियो ।
नेपालका बलर नारायण जोशीले ३ ओभरमा १ रन दिँदै ४ विकेट लिए ।
नेपालका अर्का बलर मेख बहादुरसेन थापाले ३ ओभरमा ४ विकेट दिँदै ४ विकेट लिए ।
म्यानमार १३ रनमै आउट हुन पुग्यो । म्यानमारले बलिङ गर्दा नै १४ रन वाइड फालेको थियो ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]