8 years ago
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल थाइल्यान्डमा एसीसी यू–१६ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । ट्रेडथाई क्रिकेट मैदान बैंककमा आज मलेसियालाई ७२ रनले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । नेपालले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१.१ ओभरमा सबै विकेट गुमाएर ५५ रनमा समेटिएपछि नेपालले अन्तिम दुईको यात्रा तय गरेको हो ।
सुरुवात राम्रो गरेपनि मलेसियाले त्यसलाई लामो समय अघि बढाउन सकेन । मलेसियाले एक समय १ विकेट गुमाउँदा २४ रन बनाएको थियो । तर, बलिङमा नेपाली टोली हावी भएपछि मलेसियाले बाँकी ३१ रन जोड्दा बाँकी ९ विकेट गुमायो । मलेसियाका ओपनर सन्देश सुपरामनियमले सर्वाधिक १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो योगफलमा रन बनाउन सकेनन् ।
मोहम्मु शाहिद बिन र मुहाम्मद अमिरुलले समान ८ रन बनाए । मलेसियालाई सस्तैमा समेट्न नेपालका सुर्य तामाङले ४ तथा प्रतिश जिसीले ३ विकेट लिए । अजय कुमार लोनिया र कुशल मल्लले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३४ ओभरमा ८ विकेट गुमाएर १ सय २७ रनको मध्यम स्कोर बनाएको हो । वर्षाले मैदान भिजेका कारण खेल एक ओभर छोट्याइएको थियो । समूह चरणमा उत्कृष्ट खेल पस्केको नेपालले मलेसियाविरुद्धको सेमिफाइनलमा भने कमजोर ब्याटिङ प्रदर्शन गरेपनि १ सय रन कटाउन सफल भयो ।
अघिल्लो क्रममा ब्याट्सम्यानहरु कम स्कोरमै समेटिएपनि आठौं नम्बरमा ब्याटिङमा आएका प्रतिश जिसीले सर्वाधिक २५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन । २२ बलको सामना गरेका जिसीले एक चौका प्रहार गरे । यस्तै नारायण जोशी र सुनिल भण्डारीले समान १७ रन बनाए । विशाल बिक्रम केसीले १५ रन बनाए ।
तृतराज दास १३ रनमा आउट हुँदा अघिल्लो खेलमा शतक बनाएका कप्तान रित गौतम र राजन मगर समान ११ रनमा पभेलियन फर्किए । ओपनर कुशल मल्ल ६ रनमा आउट भए । निखिल कुमार सिंह ६ तथा सुर्य तामाङ १ रनमा अविजित रहे । नेपाललाई कम स्कोरमा रोक्ने क्रममा मलेसियाकबा मोहमद अफिकले सर्वाधिक ३ विकेट लिए । अस्लम खान मलिकले दुई तथा सामसुल इकमल, भिजय उन्नी र मुहम्मद अमिरुलले समान १ विकेट लिए ।
अब नेपालले उपाधिका लागि सोमबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । सिंगापुरले शनिबारै हङकङलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । नेपालले यसअघि एसीसी यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो ।
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]