8 years ago
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट मान्यता प्राप्त एभरेष्ट प्रिमियर लिग (इपिएल) का टिमहरुले धमाधम आफ्नो टोली तथा खेलाडी घोषणा गर्दै छन् ।

गत बुधबार ललितपुर प्याट्रियट्सले टिममा खेल्ने तीन विदेशीसहित १४ सदस्यीय टिमको घोषणा गर्दा शुक्रबार काठमाडौं किङ्स इलेभेनले तीन विदेशीसहित १४ सदस्यीय टिमको घोषणा गर्यो । दुवै टिमले ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी भने प्रतियोगिताभन्दा १ दिन अघि सार्वजनिक गर्ने बताएका छन् ।
शुक्रबार घोषणा गरिएको काठमाडौं किङ्स इलेभेन टिमको कप्तानी श्रीलंकाका पुर्व अलराउन्डर फरभेज महारुफलाई प्रदान गरिएको छ । ३३ वर्षीय अलराउन्डर महारुफले श्रीलंकाको लागि २२ टेष्ट, १०९ एकदिवसीय र ८ टी–२० प्रतियोगिता खेलिसकेका छन् । टिमका अन्य दुई विदेशी खेलाडीमा अक्ष्य फर्नान्डेज (श्रीलंका) र सागर कुमार (भारत) रहेका छन् ।
सोमपाल कामी मार्की खेलाडीको रुपमा रहेको काठमाडौं किङ्स इलेभेनको टिममा नरेश बुढाएर, सागर पुन, जितेन्द्र मुखिया, राजु रिजाल, सुशिल कंडेल, सिद्धान्त लोहनी, पुरन बिक, बिक्रम भुसाल र अमर सिंह रौटेला रहेका छन् ।
यस्तै इपिएलका लागि चितवन टाइगर्सले आज साझ तीन विदेशी खेलाडी सहितको टिमको घोषणा गर्दैछ । पुस ३ गतेबाट शुरु हुने प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किङ्स र ललितपुर प्याट्रियट्सले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा ललितपुर पेट्रिएट्ससँगै चितवन टाइगर्स, काठमाडौं किङ्स इलेभेन, विराटनगर वारिवर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।
पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । प्रतियोगिताको विजेताले २१ लाख प्राप्त गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]