8 years ago
December 16, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले सोमबार बाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि तीन भारतीय खेलाडी टोलीमा समावेश गरेको छ । ६ टोलीको सहभागितामा इपिएल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुरु हुँदैछ ।
तस्बिरहरु : विवेक सुवेदी /हाम्रो खेलकुद
चितवन टाइगर्सले आज पत्रकार सम्मेलन गर्दै ३ भारतीयसहित १४ खेलाडीको नाम सर्वजनिक गरेको छ । इपिएलका प्रत्येक टोलीले ३ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । यसरी अनुबन्धित हुने भारतीयमा प्रविण गुप्ता, सावेज खान र प्रमेश कुमार रहेका छन् । यो सिजनलाई सम्झौता गरिएपनि उनीको पारिश्रमिक चितवन टाइगर्सले गोप्य राखेको छ ।
उत्तर प्रदेशका प्रविणले भारतको प्रतिष्ठित प्रतियोगित रणजी ट्रफीका ५३ वटा खेल खेलेका छन् । दिल्लीका सावेज र हरियाणाका प्रमेशले स्थानीय क्लब स्तरको प्रतियोगिता खेलेको बताइएको छ । चितवन टाइगर्सले पृथु बास्कोटालाई कप्तानीमा यसअघि नै अन्य खेलाडीको नाम सार्वजनिक गरिसकेको छ ।
टोलीको मार्की खेलाडीका रुपमा यू १९ राष्ट्रिय टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् । टोलीका अन्य सदस्यमा अनिल मण्डल, दीलिप नाथ, सुनाम गौतम, सन्दीप सुनार, योगेन्द्रसिंह कार्की, भीम सार्की , ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलम, आकाश थापा र गौतम केसी छन् । आकाश थापा चितवनमा आयोजना गरेको ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी हुन् ।
ट्यालेन्ट हन्टबाटै छानिएका गौतम केसी टोलीको १४ भित्र छैनन्, तर पनि उनलाई प्रशिक्षण गर्ने व्यवस्थाका साथै सवै सुविधा प्रदान गर्ने चितवन टाइगर्सले जनाएको छ । टोलीको प्रशिक्षकमा कलाम अली र व्यवस्थापकमा सुवास खकुरेल छन् । चोटका कारण सुवास खेलाडीबाट व्यवस्थापकको भूमिकामा पुगेका हुन् । कार्यक्रममा टोलीको जर्सी पनि सार्वजनिक गरिएको थियो ।
चितवन टाइगर्सलाई गोर्खा बु्रअरी, सुर्य नेपाल, यति डिस्टिलरी, सुर्य लाइफ इन्सोरेन्स, सिटिजन बैंक छन् । प्रशिक्षक अलीले राष्ट्रिय टोलीमा रहेका खेलाडी र भारतीय खेलाडी समावेश भएपछि आजबाट पुरा टोलीको प्रशिक्षण भएको उल्लेख गर्दै भने, तयारी सन्तोषजनक छ, हामीले राम्रो चुनौति दिन सक्छौं भन्ने विश्वास लिएका छौं ।
टोलीका मालिक किशोर भट्टराईले नेपाली क्रिकेटको विकासका लागि इपिएल नयाँ अवधारणका रुपमा आएको खुसी व्यक्त गर्दै भने, ‘नेपालले अन्तर्राष्ट्रियमा थप उचाई प्राप्त गर्दै गईरहेको यो प्रतियोगिताका माध्यमबाट अझै राम्रो हुन्छ भन्ने विश्वास लिएका छौं ।’ इपिएलमा भाग लिनका लागि झन्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै भट्टराईले प्रायोजकहरुबाट झन्डै ८० लाख रुपैयाँ प्राप्त हुने बताए ।
पृथुका बारेमा
प्रहरीले पक्राउ गरेपनि कप्तान पृथुको विकल्पका बारेमा नसोचिएको चितवन टाइगर्सका मालिक भट्टराईले प्रष्ट पारेका छन् । डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गर्ने काठमाडौंको दरबारमार्गस्थित डेजाभू नाइट क्लबका सञ्चालकसहित ८ जना बिहीबार पक्राउ पर्दा त्यसमा पृथु पनि थिए । उनीहरुलाई प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।
पृथु केहि दिनअघि मात्र इपिएलको सहभागि टोली चितवन चाइगर्सको कप्तान नियुक्त भएका थिए । भट्टराईले आफुहरुले पृथुलाई निर्देष मानेको जनाउँदै भने, हामीले अहिले अर्को कसैलाई कप्तानीको जिम्मेवावरी दिएका छैनौं । हामीलाई आशा छ, उनी चाँडै छुट्नेछन् ।
मार्समेलो ल्याउने भन्दै क्लबले ४ हजार भन्दा टिकट विक्री गरेको र डीजे मार्समेलोलाई क्लबमा उतार्न नसकेपछि पक्राउ गरेको महाशाखाले जनाएको थियो । चितवन टाइर्सले पृथु डे जाभुको सञ्चालक नभइ शेयर धनीमात्र रहेकोले चाडै छोड्न आग्रह पनि गरेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]