8 years ago
December 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटको च्याम्पियन बनेको छ । थाइल्यान्डमा आज सम्पन्न फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपाल अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको छ । १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुरलाई नेपाली बलरले ३१.५ ओभरमा अलआउट गर्दै १ सय १२ रनमा रोकेको थियो ।
सिंगापुरलाई लक्ष्यमा पुग्नबाट रोक्न सूर्य तामाङ र अजयकुमार लोनियाले उत्कृष्ट बलिङ गरे । दुवैले समान ३ विकेट लिए । सूर्यले ७ ओभरमा १ मेडनसहित २० रन खर्चदा अजयले ५ ओभरमा १६ रन दिए । नारायण जोशी र कुशल मल्ले समान १ विकेट लिए । सिंगापुरका लागि साइ हर्ष भेनुगोपालले सर्वाधिक ३१ रन बनाए । अरुण वाड्वाले २१, राउल शर्माले १५ र सान सावन्नेले १२ रन जोडे भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बैंककको ट्रेड थाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको छ । नेपालका लागि विशाल बिक्रम केसीले अर्धशतक पुरा गरे । ७९ बलको सामना गरेका विशालले ४ चौका र १ छक्काका साथ ६३ रन बताए । नियमित कप्तान रित गौतम आजको खेलमा टोलीमा समावेश नभएपछि विशालले नै कप्तानी सम्हालेका छन् ।
चौंथो नम्बरमा ब्याटिङ गरेका विशालले छैठौं विकेटका लागि नारायण जोशीसँग मिलेर ३३ बलमा ४८ रनको साझेदारी गरे । त्यसअघि विशालले पाँचौ विकेटका लागि सुनिल भण्डारीसँग ६९ बलमा ४२ रनको साझेदारी निभाए । नारायण ४६ रनमा अविजित रहे । २३ बलको सामना गरेका नारायणले ५ चौका र १ छक्का प्रहार गरेका थिए ।
सुवास ऐर २२, तृतराज दास १९, सुनिल भण्डारी १५ रन बनाएर आउट भए भने प्रतिश जिसी १० रनमा अविजित रहे । कुशल मल्लले खाता खोल्न सकेनन् भने राजन मगर ३ रन जोडे । सिंगापुरका इसान सनेले २ विकेट लिए । यसअघि नेपाल एसीसी यू १९ इस्टर्न रिजन च्याम्पियन बनेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]