8 years ago
December 17, 2017
विशाखापट्नम (एजेन्सी)– श्रीलंकाले तीन एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम तथा निर्णायक खेलमा भारतलाई २ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतले टस जितेर श्रीलंकालाई पहिले ब्याटिङको निमन्त्रणा दिएको थियो । श्रीलंकाले उत्कृष्ट सुरुआत गरेपनि अन्तिमसम्म उच्च प्रदर्शनलाई निरन्तरता दिन सकेन ।
श्रीलंकाले ४४.५ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन जोड्यो । ओपनर उपुल थारगांको अर्धशतक पुरा गरेको खेलमा साडिरा सामाराविक्रमाले ४२, एन्जेलो म्याथुज र एसेला गुनारत्ने समान १७ र दानुस्का गुनातिलाका १३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
थारगां शतक बनाउन ५ रनले चुकेका थिए । ८२ बल खेल्दै उनले १२ चौका र ३ छक्काको मद्दतमा ८२ रन बनाएका थिए । एक समय २ विकेटको क्षेतिमा १ सय ३६ रन बनाएको श्रीलंकाले बाँकी ८ विकेट गुमाउँदा ७९ रनमात्र जोड्न सक्यो । घरेलु टोलीका लागि कुलदीप यादव र युजभेन्द्र चाहालले समान ३, हार्दिक पाण्डेयले २ तथा भूवनेश्वर कुमार र जसप्रित बुम्रराहले समान १ विकेट लिएका थिए ।
पहिलो खेलमा श्रीलंका विजयी भएपनि दोस्रो खेलमा कार्यवहाक कप्तान रोहित शर्माको कीर्तिमानी दोहोरोका साथ खेल जित्दै खेलमा १–१ को बराबरी गरेको थियो । पहिलो खेल श्रीलंकाले ७ विकेटले र दोस्रो खेल भारतले १ सय ४१ रनले जितेको थियो ।
यद्दपी यो वर्ष श्रीलंकाको प्रदर्शन निकै कमजोर रहेको छ । २८ एक दिवसयमा २२ हारेको श्रीलंकाले दक्षिण अफ्रिका, पाकिस्तान र भारतसँगको श्रृखंला समान ५–० ले गुमाएको थियो । एक दिवसिय पछि यी दुई टोलीबीच तीन वटा टि ट्वान्टी खेल हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]