default_image

6 years ago

January 8, 2018

बलियो पाकिस्तानविरुद्ध उत्रिँदै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पाँचौं एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेल मंगलबार खेल्दैछ । बलियो टोली पाकिस्तानविरुद्ध नेपालले गुजरानवालामा आफ्नो चुनौती प्रस्तुत गर्नेछ । नेपाल जिन्नाह स्टेडियमा मंगलबार बिहान ९ बजे घरेलु टोलीविरुद्ध उत्रिँदै छ । पाकिस्तान आफ्नो विजयी यात्रालाई निरन्तरता दिने प्रयासमा रहनेछ । तुलनात्मक रुपमा कमजोर नेपाललाई ऐतिहासिक जित निकाल्न सहज भने […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पाँचौं एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेल मंगलबार खेल्दैछ । बलियो टोली पाकिस्तानविरुद्ध नेपालले गुजरानवालामा आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।

फोटो: एनएसजेएफ

नेपाल जिन्नाह स्टेडियमा मंगलबार बिहान ९ बजे घरेलु टोलीविरुद्ध उत्रिँदै छ । पाकिस्तान आफ्नो विजयी यात्रालाई निरन्तरता दिने प्रयासमा रहनेछ । तुलनात्मक रुपमा कमजोर नेपाललाई ऐतिहासिक जित निकाल्न सहज भने छैन । पछिल्लो समय नेपाल पाकिस्तानसँग टि–२० र एक दिवसीयमा पराजित हुँदै आएको छ ।

नेपालका लागि विजयी यात्रामा होमिन महत्वकाक्षी लक्ष्यसहितको प्रदर्शन आवश्यक रहेको छ । पाकिस्तानले सोमबार लाहोरमा भएको पहिलो खेलमा बंगलदेशमाथि ९ विकेटको जित निकाल्दै उपाधि दाबेदारीको संकेत दिएको थियो । पहिलो खेलमा पाकिस्तानले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

पाकिस्तानी बलरले कसिलो बलिङ गर्दै बंगलादेशलाई २ सय रनभन्दा टाढा पुग्न दिएनन् । ब्याटिङमा पनि उसका ओपनर बदर मुनीरले शतक प्रहार गर्दा अर्का ओपनर अमीर अस्फाकले ४६ रनको मजबुत पारी खेलेका थिए । बलिङमा पनि मुनिरले ३ विकेट लिएका थिए । नेपालविरुद्धको खेलमा पनि मुनिर खतरा साबित हुने अनुमान छ ।

पाकिस्तानमाथि पहिलो पटक जित निकाल्ने दाउमा रहेको नेपालले सजक भएर उत्कृष्ट प्रदर्शन गर्न जरुरी रहेको छ । नेपाली टिमका कप्तान क्रितन श्रेष्ठ दुवाल भन्छन्, ‘ पाकिस्तान हामीभन्दा निकै माथिल्लो स्तरको टिम हो । उनीहरुमाथि जित निकाल्न हाम्रो तयारी निकै कम छ । यद्यपि, हामी जित्नका लागि यहाँ आएको हौँ । त्यसैले जितकै लागि खेल्ने छौँ ।’

क्रितनले थपे ‘पाकिस्तानले नै नेपालमा नेत्रहीनलाई क्रिकेट खेल्न सिकाएका थिए । उनीहरु अहिले उत्कृष्ट छन् । त्यसैले जित निकाल्न निकै कठिन छ । त्यही पनि हामी पाकिस्तानलाई कडा चुनौती दिनेछौँ ।’

नेपालले पाकिस्तानमा १ घन्टा समय मात्रा इन्डोरहलमा प्रशिक्षण गरेको थियो । आयोजकले सुरक्षामा खतरा हुन सक्ने भन्दै खुला मैदानमा लामो समय प्रशिक्षण गर्न दिएको थिएन । पाकिस्तानमा थोरै तयारीका बावजुद नेपाल जितको लक्ष्यका साथ उत्रिने नेपाली टिमका प्रशिक्षक रिजन प्रजु बताउँछन् ।

प्रशिक्षक प्रजुले भने, ‘उनीहरुले एक वर्षदेखि तयारी गरेका छन् । यो पटक पाकिस्तान डिफेन्डिङ च्याम्पियन भारतभन्दा निकै बलियो देखिएको छ । हाम्रो विशेष तयारी १५ दिन मात्र थियो । यद्यपि, हाम्रो खेलाडीले पनि निकै मिहेनत गरेका छन् । आशा छ, नेपाल यस विश्वकपमार्फत नेत्रहीन क्रिकेटमा नयाँ शक्तिको रुपमा उदय हुनेछ ।’

नेपालको बलियो पक्ष बलिङ रहे पनि ब्याटिङमा पनि सुधार भएको प्रशिक्षक बताउँछन् । पाकिस्तानको भने बलिङ र ब्याटिङ दुवै मजबुद पक्ष हो । पाकिस्तानी टिमका कप्तान निसार अलिले भने, ‘नेपाल यहाँ (पाकिस्तान) आउनु नै हाम्रो लागि खेल अगाडिको जित थियो । उनीहरुले हामीमाथि ठुलो सहयोग गरेका छन् ।

उनले थपे, ‘तर, खेलको स्थिती फरक भएकाले हामी उनीहरुलाई हराउन बाध्य हुनेछौँ । पछिल्लो संस्करणमा केही गल्ती गरेका कारण च्याम्पियन हुनबाट चुकेका थियौँ । यसपटक उत्कृष्ट प्रदर्शन गर्नेछौँ । युवा खेलाडीले पनि निकै साथ दिँदै उच्च प्रदर्शन गरेका छन् । त्यस कारण हाम्रो विजयी यात्रा रोकिने छैन् ।’

पाकिस्तानका लागि बंगलादेशविरुद्ध पहिलो जित निकाल्दा उसका युवा खेलाडी मुनिरले शतक प्रहार गर्दै १४७ रनको पारी खेलेका थिए । पाकिस्तानका अमीर अस्फाक पनि नेपालको लागि ठुलो चुनौती बन्न सक्छन् । ४० ओभरको एकदिवसीयमा नेपालले पहिले ब्याटिङ गरेको खण्डमा ३ सय रनभन्दा माथि बनाउन सकेमा मात्र पाकिस्तानका लागि ठुलो चुनौती बन्न सक्नेछ ।

नेपालले पहिले बलिङ गरेमा घरेलु टोलीलाई २ रनभन्दा कम स्कोरमा रोकेमा मात्र जितको माध्यम बन्ने देखिन्छ । यद्यपि, पाकिस्तानको ब्याटिङ र बलिङ निकै उत्कृष्ट रहेको छ । त्यसैले पनि जितका लागि नेपालले बलिङ र ब्याटिङसँगै उत्कृष्ट फिल्डिङ गर्नु पर्नेछ ।

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

Success

Thank you for your time.