default_image

6 years ago

January 9, 2018

इन्जिनियररिङ इन्डोर क्रिकेट शनिबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – कसमस कलेज र सिवाइएसटीको आयोजनामा इन्डोर क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको सिक्स ‘ए’ साइड इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले मंगलबार एक कार्यक्रम गर्दै प्रतियोगिता शनिबारदेखि हुने जानकारी गराएको हो । पुस २९ गतेबाट माघ २ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १६ इन्जिनियरिङ कलेजले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई चार समूहमा […]

20 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कसमस कलेज र सिवाइएसटीको आयोजनामा इन्डोर क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको सिक्स ‘ए’ साइड इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजकले मंगलबार एक कार्यक्रम गर्दै प्रतियोगिता शनिबारदेखि हुने जानकारी गराएको हो । पुस २९ गतेबाट माघ २ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १६ इन्जिनियरिङ कलेजले सहभागिता जनाउनेछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । ‘म्यान अफ दि सिरिज’ले क्रिकेटको फुल किट ब्याग प्राप्त गर्नेछ । प्रतियोगिता कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा हुने र खेल इन्डोर क्रिकेटको नियम अनुसार नै खेलाइने आयोजकले जनाएको छ । खेल १२ ओभरको हुनेछ र आउट भएवापत ५ रन घट्नेछ । ६ जना खेलाडी रहने प्रतियोगितामा प्रत्येक खेलाडीले २ ओभर बलिङ गर्नुपर्ने र दुई ब्याट्सम्यानले ४ ओभर ब्याटिङ गर्नु पर्ने हुन्छ ।

यस्तै बेष्ट बलर र ब्याट्सम्यानले समान ३ हजार ५ सय पाउनेछन् । प्रतियोगितामा सहभागी हुने टिमले ३० हजार शुल्क तिर्नुपर्ने हुन्छ । उक्त शुल्कवापत आयोजकले जर्सी, खेल सामग्री, खाना तथा पानी उपलब्ध गराउनेछ । गोल्डेनगेट इन्टरनेसनल कलेज मुख्य प्रायोजक रहेको प्रतियोगिताको लागि बास्ट्रा अनलाइन सप र आइन्स्टाइन एडुकेसनल सेन्टरले सहप्रायोजन गरेको छ ।

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

March 28, 2024

रनको वर्षा भएको खेलमा हैदराबादद्वारा मुम्बई पराजित

एजेन्सी – कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ […]

Success

Thank you for your time.