default_image

6 years ago

January 9, 2018

नेपाल पाकिस्तानसँग भारी अन्तरले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – जारी पाँचौं नेत्रहिन एक दिवसीय प्रतियोगितामा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित हुन पुगेको छ । २ सय ५९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले सो लक्ष्य १९ ओभरमा पुरा गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा २ सय ५८ रन बनाएको थियो । नेपालका लागि ओपनर रमेश बहादुरले सर्वाधिक […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी पाँचौं नेत्रहिन एक दिवसीय प्रतियोगितामा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित हुन पुगेको छ । २ सय ५९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले सो लक्ष्य १९ ओभरमा पुरा गर्‍यो ।

फोटो: एनएसजेएफ

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा २ सय ५८ रन बनाएको थियो । नेपालका लागि ओपनर रमेश बहादुरले सर्वाधिक ५९ रनको योग्दान दिएका थिए ।

त्यस्तै अर्का ओपनर बद्रि चौलागाईंले ४७ रन जोड्दै उनको राम्रो साथ दिएका थिए । अन्य ब्याट्सम्यानमा पदम बदेलले ५० रन, खिमानन्द गैरेले ३० रन, भरत थापाले ११ रन, सुनिल सुवेदीले ४ तथा भरत चौलागाईंले २ रनको योग्दान दिएका थिए ।

पाकिस्तानका लागि हारुन खानले १ विकेट लिए भने नेपालको अन्य विकेट रन आउटको रुपमा झरेको थियो । जवाफमा पाकिस्तानले १९.१ ओभरमै २ सय ६० रन बनाएको थियो ।

घरेलु टोलीका लागि बदर मुनिरले शान्दार १ सय २६ रनको पारी खेले । त्यस्तै मोह्सिन खाने ७४ रन बनाए भने अमिर अस्फाकले ४६ रन बनाएका थिए । नेपालले जनवरी १० मा बंगलादेशसँग खेल्ने छ ।

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

Success

Thank you for your time.