default_image

6 years ago

January 31, 2018

ज्ञानेन्द्रको १ सय ५४ रनको उत्कृष्ट पारी, युएईलाई ३ सय ३४ को लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज दोस्रो अभ्यास खेलमा युएई ‘ए’सँग भिड्दै छ । पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३३ रनको योगफल तयार पार्न सफल भयो । नेपालका लागि ओपनर तथा टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा रहेको नेपाली राष्ट्रिय टोली आज दोस्रो अभ्यास खेलमा युएई ‘ए’सँग भिड्दै छ । पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३३ रनको योगफल तयार पार्न सफल भयो ।

Gyanendra Malla Nepal

नेपालका लागि ओपनर तथा टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले १ सय ३१ बलमा १ सय ५४ रनको उत्कृष्ट पारी खेले । उनी ४९ औं ओभरमा आउट भएका थिए । उनले पहिलो विकेटका लागि दिलिप नाथसँग मिलेर १ सय ४२ रनको साझेदारी बनाएका थिए ।

दिलिप ६४ रनमा पभेलियन फर्के । त्यस्तै अनिल साहले १४ रन र दिपेन्द ऐरीले ३४ रन बनाउँदै आउट भए । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका आरिफ शेखले पनि ज्ञानेन्द्रको राम्रो साथ दिए । उनले ४१ रन जोड्दै चौथो विकेटका लागि ८१ रनको साझेदारी बनाए । आरिफ अवजित रहे भने करन केसी ५ रनमा अन्तिम बलमा आउट भए ।

अबको केहि समयमा युएई ‘ए’ ब्याटिङ गर्न उत्रिनेछ । हिजोको पहिलो अभ्यास खेलमा नेपाल २५ रनले विजयी भएको थियो ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.