8 years ago
May 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार सन्दीप लामिछाने काठमाडौंमा एक सार्वजनिक सम्हारोहबीच सम्मानित भएका छन्। केडिया अर्गनाइजेसनको यती कार्पेटले उनलाई बुधबार सम्मान गरेको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली खेलाडी सन्दीपलाई यती कार्पेटले नगद १ लाख सहित समान गरेको छ। डिएभी स्कुलमा सम्पन्न कार्यक्रममा सहभागी सन्दीप आइपिएल खेलेर फर्किएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन्।
उक्त कार्यक्रममा बोल्दै सन्दीपले विधार्थीहरुलाई पढाइका साथसाथै आफुलाई मनपर्ने क्रियाकलापमा पनि निरन्तरता दिन सुझाब दिए। सन्दीपले उक्त कार्यक्रममा राजु लामाको गित ‘तिमीलाई देखेर हिमाल हाँसेको’ गाउँदै गायन शैली पनि प्रस्तुत गरे।
सन्दीपले गाए गित
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]