default_image

6 years ago

June 4, 2018

प्रदीप र सुवासको सानदार प्रदर्शन, एपिएफ सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी एक्सेल्सिया प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपिएफले प्रदेश २ माथि डग वर्थ लुईस नियमको आधारमा ९६ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । एपिएफले दिएको ३ सय ४० रनको […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल एपिएफ क्लब राजधानीमा जारी एक्सेल्सिया प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपिएफले प्रदेश २ माथि डग वर्थ लुईस नियमको आधारमा ९६ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

एपिएफले दिएको ३ सय ४० रनको विशाल लक्ष्य पछ्याउदै गर्दा वर्षा भएपछि प्रदेश २ ले २८ ओभरमा २ सय २ रनको लक्ष्य पाएको थियो । तर, प्रदेश २ ले निर्धारित २८ ओभरमा ९ विकेट गुमाएर १ सय ५ रनमात्र बनाउन सक्यो । उसका लागि हरि शंकर शाहले सर्वाधिक ३८ रन जोडे । अर्का ओपनर सुरज पटेलले ३४ रन जोडेपनि अन्य ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा पराजित हुन पुग्यो ।

प्रदेश २ लाई सस्तैमा समेट्न एपिएफका करण केसी र बसन्त रेग्मीले समान ३ विकेट लिए । कमलसिंह ऐरी, भुवन कार्की र रोहित कुमार पौडेलले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले प्रदीप ऐरी र सुवास खकुरेलको उत्कृष्ट शतकीय इनिङ्समा ६ विकेट गुमाएर ३ सय ३९ रनको विशाल योगफल तया पारेको थियो ।

अनिल कुमार शाहलाई ३ रनमा गुमाएपनि सुवास खकुरेल र प्रदीप ऐरीको जोडीले दोस्रो विकेटको लागि २ सय ३१ रनको ठूलो साझेदारी गरेका थिए । सुवासले १ सय ३ रनको शतकीय इनिङ्स खेले । प्रदीप ऐरीले १ सय ५८ रनको योगदान दिए । प्रदीपको यो राष्ट्रिय प्रतियोगिताको सबैभन्दा ठुलो स्कोर हो ।

पृथु बास्कोटा २९ रनमा नटआउट रहे । भुवन कार्कीले १६ रन जोडे । प्रदेश २ का दिभ्यान्सु मल्लिकले ५ विकेट लिए । राहुल प्रताप सिंहले १ विकेट लिए । लगतार तेस्रो जित निकालेको एपीएफ समूह ‘ए’ मा शीर्ष स्थानमा उक्लिएको छ । उसले आर्मीलाई नेट रन रेटमा पछि पारेको हो ।

सोमबारै मुलपानीमा भएको खेलमा प्रदेश ५ ले प्रदेश ३ माथि डगवर्थ लुईस नियमकै आधारमा ३० रनको जित निकाल्यो । प्रदेश ३ ले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याउदै गर्दा प्रदेश ५ ले जवाफी ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेल २१ ओभरमा झारिदा ६० रनको नयाँ लक्ष्य पाएको थियो । जतिबेला प्रदेश ५ ले ३ विकेट गुमाएर ८९ रन बनाइसकेको थियो ।

सन्दीप सुनार ३८ रनमा रिटायर्ड हर्ड भए । शंकर राना १९, शक्ति गौचन १५ र अन्तिम थापाले १० रन जोडे । किशोर महतो र अभिषेक झाले समान १ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ४४ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ५२ रनमात्र बनाउन सक्यो । उसका लागि ओपनर भुपेन्द्र थापाले ४६ रन बनाए ।

रुपेश श्रीवास्तव २१ रनमा नटआउट रहे । जितेन्द्र ठकुरी १८, आदिल खान १६ र सञ्जय बस्नेतले १५ रन जोडे । प्रदेश ५ का लाल अधिकारीले ४ विकेट लिए । कृष्ण कार्की, सन्दीप सुनार र बिक्रम भुषालले समान २ विकेट लिए । जितपछि ३ खेलबाट ५ अंक जोडेर प्रदेश ५ समुह ‘बी’ को शीर्ष स्थानमा छ ।

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

Success

Thank you for your time.