default_image

6 years ago

July 31, 2018

अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा कप्तान पारसको रोमाञ्चक अनुभूती

काठमाडौं (हाम्रो खेलकुद)– पारस खड्का नेपाली क्रिकेटका अहिले सम्मको सबै भन्दा ठूला नाम हो । नेपाली क्रिकेट टोलीको सफल नेतृत्व गरिरहेका पारस त्यस्ता खेलाडी हुन्, जसले आफुलाई पटक पटक मैदानमा प्रमाणित गरेका छन् । नेपाली खेलकुदमा ‘लिडिङ फ्रम द फ्रन्ट’ सम्भवत सबैभन्दा फिट उनलाई नै हुन्छ । नेपाली क्रिकेटलाई उठाउन मैदान भित्र त उनी डेढ […]

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पारस खड्का नेपाली क्रिकेटका अहिले सम्मको सबै भन्दा ठूला नाम हो । नेपाली क्रिकेट टोलीको सफल नेतृत्व गरिरहेका पारस त्यस्ता खेलाडी हुन्, जसले आफुलाई पटक पटक मैदानमा प्रमाणित गरेका छन् । नेपाली खेलकुदमा ‘लिडिङ फ्रम द फ्रन्ट’ सम्भवत सबैभन्दा फिट उनलाई नै हुन्छ ।

Paras Khadka

नेपाली क्रिकेटलाई उठाउन मैदान भित्र त उनी डेढ दशक यता लगातार सक्रिय छन् नै, त्यति मात्र होइन कहिले काहि उनी मैदान बाहिर पनि सक्रिय रहने गरेका छन् । जसका कारण उनी कहिले काहि विवादमा पनि नपरेका होइनन् । नेपाली क्रिकेटका सबै खाले उतार चढाव भोगेका पारस कहिले बिचलित देखिदैनन् ।

सोचे अनुरुप नेपाली क्रिकेट व्यावसायिक हुन नसकेकोमा उनको र उनको टोलीको सम्बन्धित निकायसँग गुनासो होला नै । तर, उनले उनको टोलीले मैदानमा शतप्रतिशत दिन कहिल्यै चुकेको छैनन् । तर, सबै यात्रा सफलता मिल्छ भन्ने छैन । यद्दपी उनको टोली निरन्तर मैदानमा सक्रिय छ ।

नेपाली क्रिकेटको सफल यात्राको साक्षी मात्र नभई नेतृत्व समेत गर्दै आएका पारसले नेदरल्यान्ड्सविरुद्ध हुने बुधबार नेपालको डेब्यू अन्तर्राष्ट्रिय खेलअघि आफ्नो र टोलीको रोमाञ्चक यात्राका बारेमा आफ्नो अनुभव सुनाएका छन् ।
………………………….
आठ वर्षअघि डिभिजन–५ खेलिरहेको नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा सम्मको यात्रा निकै लामो, रोमाञ्चक र यादगर छ । नेपाललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न योग्य बनाउने क्रममा धेरै खेलाडी जोडिएका छन्, उनीहरुलाई कहिल्यै बिर्सन हुँदैन । नेदरल्यान्डसविरुद्ध पहिलो वान डे इन्टरनेसनल खेल्नु भनेको नयाँ सुरुवात मात्रै हो । हामीले सधै यो बिन्दुमा आउन चाहेका थियौं । अब यसबाट अगाडि बढ्नुपर्ने चुनौती छ ।

आठ वर्ष अगाडि हामी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–५ खेलिरहेका थियौं । अहिले हामी विश्वका १६ राष्ट्र भित्र छौं । आगामी चार वर्षका लागि एक दिवसीय मान्यता सुरक्षित छ । मलाई आशा छ कि हामी निरन्तर अगाडि बढ्नेछौं र आफूलाई परिस्कृत गर्दै लैजानेछौं । हाम्रो अबको लक्ष्य भनेको टेस्ट राष्ट्र बन्ने नै हो । नेदरल्यान्ड्सविरुद्धको दुई म्याचको श्रृंखलाले हामीलाई आफ्नो क्षमता उजागर गर्ने थप एउटा मौका दिएको छ । आशा छ, यो श्रृंखलामा हामी राम्रो प्रदर्शन गर्न सफल हुनेछौं ।

पछाडि फर्केर हेर्दा अलिकति आश्चर्यजनक पनि लाग्छ । मेरो आफ्नो कुरा गर्दा मैले काठमाडौंमा स्कुल पढ्दै गर्दा बाल्यकालमै क्रिकेट खेल्न सिके । म पानी पर्ने सिजनमा फुटबल खेल्थे भने बाँकी समय क्रिकेट खेल्थे । त्यतिबेला मैले पनि कुनै दिन राष्ट्रको प्रतिनिधित्व गर्दै क्रिकेट खेल्नेछु भन्ने कल्पनै गरेको थिइन । तर, भावीको आफ्नै योजना हुँदो रहेछ । अन्डर १५ लेभलमा छनोट भएपछि मेरो क्रिकेट करिअरले नयाँ मोड लियो । त्यसपछि कहिल्यै पछाडि फर्किनु परेन ।

त्यसपछि हामीले आईसीसी अन्डर १९ विश्वकप खेल्यौं । म सहभागी भएको अन्डर १९ टिमले दक्षिण अफ्रिकालाई दुईपटक हरायो । न्यूजिल्यान्ड र जिम्बाबेलाई पनि स्तब्ध बनायो । अन्डर १९ बाट हामीले विश्वकै उत्कृष्ट टिम र खेलाडीसँग खेल्ने मौका पायौं । सबैभन्दा खुशीको क्षण सम्झिनु पर्दा म २७ नोभेम्बर २०१३ लाई सम्झिन्छु, जब हामीले अन्तिम बलमा हङकङलाई पराजित गर्दै बंगलादेशमा हुने आईसीसी वल्र्ड ट्वान्टी ट्वान्टी मा पहिलोपटक छनोट भयौं । त्यो खेलमा म अति नर्भस थिएँ ।

आईसीसी टी–२० मा हामीले हङकङ, बंगलादेश र अफगानिस्तानविरुद्ध सन्तोषजनक प्रदर्शन ग¥यौं । आफूलाई यो स्थानका लागि योग्य सावित ग¥यौं ।यो वर्ष नामिबियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ बाट छनोट भएर हामीले जिम्बावेमा आईसीसी विश्वकप क्वालिफायर खेल्यौं । यो पनि हाम्रो लागि उत्तिकै अविस्मरणीय रह्यो ।

यो वर्ष हाम्रो पुस्ताका क्रिकेटरहरुका लागि निकै फलिफापपूर्ण साबित भएको छ । हाम्रो टिम स्पिरिट गजबको छ । जुन हाम्रो लागि ठूलो प्लस हो । हामी प्रत्येक रन र प्रत्येक विकेटका लागि संघर्ष गछौंं । टिममा रहेका सबैजना इमान्दार र मेहेनती छौं । नेपालमा क्रिकेट फ्यान फलोइङ पनि एकदम गजबको छ । नेपालीहरु रोजगारी तथा अध्ययनका लागि विश्वका विभिन्न देशमा छरिएका छन् । त्यसैले हामी जहाँ गएर खेल्दा पनि नेपाली समर्थकहरुको बाक्लो उपस्थिति हुन्छ, जुन हाम्रो निम्ति उर्जाको स्रोत हो ।

पहिलोचोटि लड्र्समा २०१६ मा खेलेको क्षणलाई भुलेका छैनौं । भोलिपल्ट बिहान ब्यूँझेपछि मैले आफैंलाई सोधेको थिएँ, ‘के हामीले साँच्चै लड्र्समा खेलेका हौं त ?’ त्यति अपत्यारिलो थियो हाम्रो लागि । हामी अब विश्वकप क्रिकेट २०२३ को छनोट चरणहरुको प्रतिक्षामा छौं । यो एउटा ठूलो अवसर हो । नेपालको सरकारले हामीलाई सहयोग गरिरहेको छ र आशा गछौं कि चाँडै क्रिकेट बोर्ड पनि पूर्ण सक्रिय हुनेछ । यदि हामीसँग पूर्वाधारहरु पर्याप्त भएको खन्डमा नेपालको क्रिकेटलाई निकै माथिसम्म लैजाने क्षमता छ ।

मैले १५ वर्षदेखि नेपालका लागि क्रिकेट खेलिरहेको छु । यति लामो यात्रा होला भन्ने सोचेको थिइन । तर, एक दिन त यसबाट विश्राम लिनु नै पर्छ । त्यो ६ महिनाभित्रै पनि हुन सक्छ वा ६ वर्षपछि पनि । अहिले चाहिँ म टिमका लागि बढी भन्दा बढी योगदान गर्न चाहन्छु । एउटा कप्तानका रुपमा मेरो यात्रा अत्यन्त यादगार छ र अझै यसले निरन्तरता पाउने आशा लिएको छु । सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ पर्फमेन्स नै हो र टिमलाई बलियो बनाउन सघाउनु नै हो ।

-आईसीसी क्रिकेटबाट

April 19, 2024

आइपिएलमा लखनउसँग चेन्नईको हार

एजेन्सी – लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराएको छ । १ सय ७७ रनको विजय लक्ष्यसहित उत्रेको लखनउले कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतकसँगै १९ ओभरमा २ विकेटको क्षेतिमा १ सय ८० रन जोडेर जित निकालेको छ । डि कक र केएल राहुले पहिलो […]

April 19, 2024

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने

एजेन्सी – नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो । फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ […]

April 19, 2024

एसीसी प्रिमियर कप- युएईले ओमानसँग फाइनल खेल्ने

एजेन्सी – संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो । त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी […]

Success

Thank you for your time.