7 years ago
October 18, 2018
एजेन्सी – पाकिस्तान र अस्ट्रेलियाबीच जारी दोस्रो टेस्टअन्तर्गत बिहीबारको खेलमा ब्याट्सम्यान अजहर अली हाँस्यास्पद रुपमा रनआउट भएका छन् ।
दिनको नवौं ओभरमा पिटर सिडलले फ्याँकेको बललाई अलीले प्रहार गरेको सट एज लाग्दै गल्लीको दिशामा गयो । फिल्डर सन मार्शले बललाई भेट्न सकेनन् र अलीले बल बाउन्ड्री पार गरेको बुझे । तर बल बाउन्ड्रीनजिकै पुगेर रोकियो । अलीले त्यो याद गरेनन् र बल चौका भएको ठान्दै पिचको मध्येभागमा अर्का ब्याट्सम्यान सफिकसँग गफ गर्न थाले ।
दुवै खेलाडीले बलबारे हेक्का राखेनन् । मैदान केहि भिजेको कारण बल चौका हुन सकेको थिएन । मिचेल स्टार्कले बल टिप्दै विकेटकिपरतर्फ फ्याँके । दुवै खेलाडी क्रिजमा नभएको अवस्थामा टिम पेनले अवस्था बुझे र कुद्दै स्टार्कको थ्रो समातेर स्टम्पमा हाने । अली रनआउट भए ।
भिडियो हेर्नुहोस्:
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]