7 years ago
January 27, 2019
सुबास हुमागाईं, दुबई
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त गरेपछि अब नेपाली खेलाडीबाट शतक पनि चाडैं देख्न पाइने आशा व्यक्त गरेका छन् । यूएईविरुद्ध जारी ३ खेलको ओडीआई सिरिजको निर्णायक खेलको पूर्वसन्ध्यामा बोल्दै पारसले यस्तो अभिव्यक्ति दिएका हुन् । १-१ को बराबरीमा रहेको सिरिजको अन्तिम खेल सोमबार हुँदैछ ।

नेपालले पहिलो ओडीआई शतक कहिले देख्न पाउँछ भन्ने प्रश्नमा पारसले ब्याटिङ राम्रो भइरहेकाले चाडैं देख्न पाइने बताए । ‘ आशा छ हामीले चाडैं शतक देख्न पाउँछौं । ब्याटिङबाट राम्रो प्रदर्शन भइरहेको हेर्दा लामो समय नलाग्ला । अहिले बनिरहेको ५० रन, ३० रनको इनिङसलाई ठूलो स्कोरमा परिणत गर्न जरुरि छ,’ उनले भने ।
नेपाललाई बलियो एसोसिएट राष्ट्रको रुपमा अगाडी बढाउन पनि ब्याट्सम्यानको शतक र बलरहरुको ५ विकेट प्रदर्शन महत्त्वपूर्ण हुने बताए । ‘ हामीबाट धेरै अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा बलियो प्रदर्शन गर्न ब्याट्सम्यानको शतक, बलरहरुको ५ विकेट, फिल्डरबाट रनआउट र क्याचलायत सबै पक्षमा उत्कृष्ट प्रदर्शन चाहिन्छ,’ उनले थपे, ‘यदि भोलि नै शतक आउँछ भने त्यो उत्कृष्ट हुन्छ । तर अन्त्यमा शतक भन्दापनि टोलीको जित महत्त्वपूर्ण हो । यदि शतक बनाएर टोली पराजित हुन्छ भने त्यसको महत्त्व हुँदैन ।’
पारसले पहिलो सिरिज जित्न टोली एकतृत भएर लागेको बताए । ‘हामी पहिलो ओडीआई सिरिज जित्ने संघारमा छौं । यसका लागि सबैले एकतृत भएर मिहिनेत गर्छौं । यसअघिको नतिजा वास्ता नगरि भोलि नयाँ खेलको लागि जुटेका छौं । हामीले अघिल्लो खेलको लयलाई निरन्तरता दिँदै जित हासिल गर्ने प्रयासमा हुनेछौं,’ उनले भने ।
खेलको पूर्वसन्ध्यामा कप्तान पारस खड्कासँग लिइएको अन्तर्वार्ता :
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]