7 years ago
January 29, 2019
लाहोर (पाकिस्तान) – विश्वमै पहिलो पटक आयोजना भइरहेको अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १० विकेटले पराजित गरेको छ ।

नेपालको महिला नेत्रहीन क्रिकेट टिमले मंगलवार पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । लाहवरस्थित किन्नर्ड दकलेजको क्रिकेट मैदानमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली पाकिस्तान ५३ रनमै अलआउट भयो ।
पाकिस्तानले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभर खेल्दै कुनै विकेट नगुमाई पूरा गरेको हो। नेपालको जितमा विनिताले पहिलो ओभरकै सुरुवाती तीन बलमा लगातार चौका प्रहार गर्दै नेपाललाई शानदार सुरुवात दिलाएकी थिइन्। नेपालले पहिलो ओभरमै २० रन जोड्न सफल भयो ।
नेपालको जितमा विनिता सर्वाधिक २८ रनको अविजित योगदान दिइन् । १९ बल खेलेकी उनले ५ चौका समेत प्रहार गरिन्। यस्तै मनकेसीले १४ बल खेल्दै २ चौकाको मद्दतमा नटआउट १९ रनका नट आउट रहिन् ।
पाकिस्तानका लागि किरन रफिकले सर्वाधिक ९ रन बनाउदा ४ खेलाडीले खाता समेत खोल्न सकेनन्। पाकिस्तानले १६ रन अतिरिक्तबाट पाएको थियो। उत्कृष्ट बलिङ गरेको नेपालको लागि सरिता घिमिरे र भगवती अमगाईले १(१ विकेट लिइन् भने पाकिस्तानका ८ खेलाडी रनआउट भए
।
विकेटकिपर मनकेसी चौधरी र सरिता घिमिरेले समान ४ रनआउट गरेका थिए । उत्कृष्ट फिल्डिङ गर्दै १ विकेट लिनुका साथै चार रनआउट गरेकी सरिता खेलको प्लेअर अफ दि म्याच घोषित भइन्। यस्तै नेपालको जितमा ब्याटिङमा २८ रन बनाएकी विनिता भ्यालुएबल प्लेअर बनिन्।
सरिताले नगद १५ हजार पाकिस्तानी रकम हात पारिन् भने विनिताले ५ हजार पाकिस्तानी रकम प्राप्त गरिन्।
खेलपछि नेपालकी कप्तान भगवती भट्टराईले पाकिस्तान विरुद्ध खेल्नु अघि केही डर लागेको भएपनि खेलपछि सबै डर हटेको बताइन्।पाकिस्तानको टिम नयाँ थियो, ६ महिनाअघि मात्र उनीहरुले टिम बनाएका थिए। कस्तो खेल्छ के गर्छ भन्ने थियो।
उनीहरुले पनि राम्रो क्रिकेट खेले। हामीले त्यो भन्दा राम्रो खेलेर खेल जित्यौँ। सबैले उत्कृष्ट क्रिकेट खेले।अबको खेलहरुमा पनि नेपालले अझै उत्कृष्ट खेल प्रदर्शन गर्ने उनले बताइन्। यस्तै पाकिस्तानी टिमका कप्तान रबिअ शेहजादीले पहिलो खेल भएका कारण आफूहरुले धेरै कुरा सिक्ने अवसर पाएको बताइन्।
पाकिस्तान ब्लाइण्ड क्रिकेट काउन्सिलको आयोजनामा विश्वमै पहिलो पटक नेपाल र पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टोलीबीच अन्तर्राष्ट्रिय सिरिज भएको हो। सिरिजअन्तर्गत अबका खेलहरु फैसलावाद र इस्लामावादमा हुनेछ। दोस्रो खेल बिहीवार फैसलावादमा हुनेछ। नेपाली टोली वुधवार लाहोरबाट फैसलावाद जानेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]