default_image

7 years ago

February 1, 2019

नेपाललाई १ सय ८ रनको सामान्य लक्ष्य

127 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

नेपाली बलरहरुले उच्च प्रदर्शन गरेपछि  यूएईसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली यूएईले नेपाललाई १ सय ८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० औं ओभरमा सबै विकेटको क्षतिमा १ सय ७ रन बनाउन सक्यो ।

ओपनर सि.पि रिजवानले सर्वाधिक ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा यूएई सामान्य स्कोरमा नै समेटिएको हो । रिजवनले ४३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी १९ औं ओभरमा अभिनाश बोहोराको बलमा क्याच आउट भए ।

सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा मिड अफमा ज्ञानेन्द्र मल्लद्धारा उत्कृष्ट क्याच गराउँदै ओपनर अस्फाक अहमदलाई ४ रनमा पेभिलिएन फर्काए । लगतै सोमपालले नै तेस्रो ओभरको तेस्रो बलमा अर्का ओपनर गुलाम शब्बेरलाई ६ रनमा विकेटकिपर प्रदीप ऐरीबाट क्याच गराए ।

छैटौं ओभरको चौथो बलमा कडा छक्का प्रहार गरेका शाइमन अनवरलाई पाँचौ बलमा भने सन्दीपले आफ्नो जादुमा फसाए । अनवरलाई आउट गरेको अर्को बलमा मोहम्मद उस्मानलाई पनि खाता खोल्न नदिई आउट गर्दा गर्दा सन्दीप ह्याट्रिक नजिक पुगेका थिए । ८ औं ओभरको पहिलो बलमा मोहम्मद बूटाले १ रन लिएपछि सन्दीप ह्याट्रिक गर्चबाट चुके । अनवारले ११ बलमा समान एक चौका र छक्का सहित १४ रनको योगदान दिए । उस्मान र अनवर दुबैको क्याच कप्तान पारस खड्काले लिएका थिए ।

११ औं ओभरको तेस्रो बलमा करण केसीले मोहम्मद बूटालाई ११ रनमा क्याच आउट गराए । १३ ओभरको चौथो बलमा अभिनास बोहोराले आमिर हायतलाई ३ रनमा दिपेन्द्रसिंह ऐरीबाट उत्कृष्ट क्याच गराएका थिए । अभिनासले १५ ओभरको तेस्रो बलमा कप्तान मोहम्मद नाविदलाई ७ रनमा क्याच आउट गराएपछि यूएई संकटमा परेको थियो । जुन समय खेलामा नेपालले पूर्ण रुपममा पकड जमाई सकेको थियो । १६ ओभरको तेस्रो बलमा पवन सरार्फले आफ्नै बलमा सुल्तान अहमदको क्याच छोड्न पुगे ।

यूएईलाई सस्तैमा रोक्न अभिनाश बोहोराले ३ तथा सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले २-२ विकेट लिए । तिन टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा २१ रनले पराजित भएको नेपाललाई सिरीज जित्ने आसा आयमै राख्न आजको जित्नै पर्ने हुन्छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.