default_image

7 years ago

February 2, 2019

‘फ्लप’ विकेटकिपर ब्याट्सम्यान ! विकल्प के ?

212 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पछिल्लो समय विकेटकिपरको स्थान सबैभन्दा अस्थिर पोजिसनको रुपमा रहेको छ । नेपालले खेलेको पछिल्ला सिरिजमा विकेटकिपर लगातार परिवर्तन भइरहेको छ । लगातार रन जोड्न नसक्दा विकल्पहरुमाथि प्रयोग हुने क्रममा यूएईविरुद्ध दुई खेलाडीले विकेटकिपरको भूमिका निर्वाह गरेका छन् ।

ओडीआई सिरिजमा विनोद भण्डारीले विकेटकिपरको भूमिका निर्वाह गरे । पहिलो खेलमा ५ रन जोडेका विनोद सातौं ओभरमा दोस्रो विकेटका रुपमा पेभेलियन फर्केका थिए । दोस्रो खेलमा २१ रन जोड्दै ज्ञानेन्द्र मल्लसँग ६१ रनको साझेदारी गर्दै उनले लयमा फर्कने संकेत देखाएका थिए । तर तेस्रो खेलमा ९ रन जोड्दै पाँचौ ओभरमा कट बिहाईन्ड भएसँगै उनले टि-२० टोलीमा स्थान बनाउन सकेनन् ।

पछिल्लो दुई टि-२० खेलमा प्रदिप ऐरीले विकेटकिपर भूमिका निर्वाह गर्दै आएका छन् । दुवै खेलमा प्रदिपको ब्याटबाट रन निस्कन सकेको छैन । पहिलो खेलमा मोहमद नविदको बलमा गोल्डेन डक भएका प्रदिपले दोस्रो खेलमा ८ रनमात्र जोड्न सके । उनले तेस्रो खेलमा आफ्नो स्थान बनाउन कठिन देखिएको छ ।

घरेलु क्रिकेटमा पछिल्लो समय प्रदिपले विकेटकिपरको जिम्मेवारी सम्हालेका छन् । विनोद भने राष्ट्रिय टोलीमा विकेटकिपर बसेपनि घरेलु क्रिकेटमा भने उक्त भूमिका नियमित रुपमा निर्वाह गरिरहेका छैनन् । घरेलु क्रिकेटमा विनोद ब्याटिङमा पनि मध्यक्रममा आउने गर्छन् । घरेलु क्रिकेटमा आक्रामक फिनिसरको छवी बनाएका विनोद राष्ट्रिय टोलीमा भने ओपनरको रुपमा खेलिरहेका छन्

प्रदिप ऐरी

यता प्रदीप ऐरी पछिल्लो समय ओपनर तथा विकेटकिपरकै रुपमा घरेलु क्रिकेट खेलिरहेका छन् । विगतमा मध्यक्रममा आएर विकेटकिपर नबसेका प्रदिपले एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडीयटर्स र पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सबाट ओपनर तथा विकेटकिपर नै खेले । पीपीएलमा नचलेका प्रदिपको ईपीएल प्रदर्शन भने औसत मात्र रहयो ।

नेपालले पछिल्लो पटक खेलेको टि-२० विश्वकप छनोटको प्रारम्भिक चरणमा विनोद भण्डारीले विकेटकिपर ब्याट्सम्यानको रुपमा ओपनरको भूमिका निर्वाह गरेका थिए । उनले उक्त प्रतियोगितामा आक्रामक ब्याटिङ गर्दै औसत प्रदर्शन गरेका थिए । त्यसअघि एसिया कप छनोटमा सुवास खकुरेल र अनिलकुमार साहले ओपनर जोडीका रुपमा खेले । सुवास विकेटकिपर रहेको उक्त प्रतियोगितामको दोस्रो खेलमा अर्धशतक बनेपनि पछिल्लो तीन खेलमा उनको ब्याटबाट २३ रनमात्र निस्कियो ।

सन् २०१८ मार्चमा नेपालले विश्वकप छनोट खेल्ने क्रममा सुरुवाती दुई खेलमा दिलिप नाथ विकेटकिपर थिए । उनले खराब प्रदर्शन गरेपछि अनिल साहले उक्त जिम्मेवारी पाए । अनिलले पनि रन जोड्न नसक्दा नेपालको विकेटकिपरको खोजले पूर्णविराम पाउन सकेको थिएन ।

विनोद भण्डारी

पछिल्लो केहि वर्षमा नेपाली टोलीमा ६ खेलाडीले विकेटकिपरको भूमिका निर्वाह गरेका छन् । तर एकाध इनिङसबाहेक कुनैपनि विकेटकिपरले नियमित रन बटुल्न संघर्ष गरिरहेको अवस्था छ । अहिले विकेटकिपर छनोटका लागि प्रदिप र विनोदसँगै अनिल साहको दावेदारी बलियो रहेको छ । दिलिप नाथले घरेलु क्रिकेटमा संघर्ष गरिरहँदा सुवास खकुरेलले खेल्न नै छाडेको अवस्था छ ।

अर्को साता धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सुरु हुने धनगढी प्रिमियर लिगमा पनि राष्ट्रिय टोलीमा पर्ने सम्भावना बोकेका खेलाडीहरुको परिक्षा हुनेछ । टोली समिकरण हेर्दा धनगढी स्टार्सले राजु रिजाल, सीवाईसी अत्तरियाले भारतीय खेलाडी जयकिशन कोल्सावालालाई विकेटकिपरको रुपमा खेलाउने देखिएको छ । नेपाली टोलीमा हाल खेलिरहेका विनोद भण्डारी र प्रदिप ऐरी दुवै रुपन्देही च्यालेन्जर्सबाट खेलिरहेका छन् । विराटनगर वारीयर्सले आसिफ शेखलाई लिएको छ भने काठमाडौं गोल्डेन्समा अनिल साहरहेका छन् । महेन्द्रनगर युनाइटेडले दिलिप नाथलाई टोलीमा समेटेको छ ।

अनिल साह र प्रदिप ऐरी

अस्थिर रहेको विकेटकिपरको स्थानका लागि पछिल्लो प्रदर्शनले फेरी ठाउँ खुला रहेको संकेत दिएको छ । कुनै समय राजु रिजाललाई उक्त पोजिसनको दिर्घकालिन योजनामा हेरिएको थियो । उनले अपेक्षित प्रदर्शन गर्न नसक्दा दिलिप नाथ र आसिफ शेखले पनि पाएको अवसर सदुपयोग गर्न सकेनन् । त्यसपछि अनिल साहले केहि सम्भावना देखाएपनि नियमित रन जोड्न नसक्दा आफ्नो स्थान गुमाए ।

अहिले विनोद भण्डारी र प्रदिप ऐरी दुवैले पाएको अवसरमा चुकिरहेका छन् । आइतबार यूएईविरुद्ध हुने अन्तिम टि-२० मा विनोदले अवसर पाउने प्रबल सम्भावना छ । उनले त्यसमा राम्रो प्रदर्शन गर्न सके, कम्तिमा अर्को सिरिजको लागि भने विकेटकिपर छनोटको लागि छनोटकर्ताहरुलाई टाउको दुखाइ केहि कम हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.