default_image

5 years ago

February 2, 2019

टि-२० सिरिज जित्न सुधार्नुपर्ने ३ पक्ष

दुबई (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईतबार यूएईसँग अन्तिम तथा तेस्रो टि–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । यो खेलसँगै नेपालले यूएई भ्रमण सकाउने छ । यूएई भ्रमण सकाउनु अघि नेपाललाई सुन्दर इतिहास रच्ने अवसर छ । अन्तिम खेलमा नतिजा आफ्नो पक्षमा पार्न सके पहिलो पटक अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्ने छ । पहिलो खेलमा […]

26 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईतबार यूएईसँग अन्तिम तथा तेस्रो टि–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । यो खेलसँगै नेपालले यूएई भ्रमण सकाउने छ ।

यूएई भ्रमण सकाउनु अघि नेपाललाई सुन्दर इतिहास रच्ने अवसर छ । अन्तिम खेलमा नतिजा आफ्नो पक्षमा पार्न सके पहिलो पटक अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्ने छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भयो । दोस्रो खेलमा ४ विकेटले विजयी हुँदै सिरीज १ – १ को बराबरीमा छ ।

यसअघि २–१ ले ओडीआई सिरीज जित्दै इतिहास कोरेकोे नेपाललाई दोहोरो इतिहास रच्ने राम्रो मौका छ । तर पहिलो र दोस्रो खेलको प्रर्दशन हेर्दा नेपाललाई सहज भने देखिँदैन । बलिङ उत्कृष्ट प्रर्दशन गरिरहेको नेपाली टोलीको ब्याटिङ सन्तोषजनक छैन । नेपाली खेलाडीले एउटै गल्ति दोहोर्याइ रहेका छन् । जुन कमजोरी तेस्रो खेलमा दोहोरिए नेपालको पहिलो अन्तर्राष्ट्रिय टि२० सिरिज जित्ने सपना अधूरै हुन पनि सक्छ । त्यसैले आइतबार हुने तेस्रो तथा निर्णायक खेलमा नेपाली खेलाडीले यी तिन कमजोरी सुधार गर्नै पर्ने हुन्छ । जुन गल्ति सुधार गरे नेपालको जित खासै कठिन देखिदैन ।

ओपनिङ ब्याटिङ

नेपाली क्रिकेटमा ओपनिङ समस्या नौलो होइन, सधैं चिन्ताको विषय हो । पछिल्लो एक वर्षमा अझ हरेक प्रतियोगितामा नयाँ नयाँ ओपनिङ जोडी प्रयोग भइरहेको छ । तर नेपाली टोलीले खोजेको जोडी भटिएकोे छैन । यूएई टुरमा पनि नयाँ जोडी प्रयोग गरिएको छ । ओडीआई खेलमा विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले गरेका थिए । सुरुवाती दुई टि–२० खेलमा कप्तान पारस खड्का र प्रदीप ऐरीलाई ओपनिङ जोडीको रुपमा उतारिएको थियो ।

पहिलो खेलमा पहिलो बलमै प्रदीप ऐरी डक आउट हुन पुग्दा दोस्रो खेलमा कप्तान पारस खड्का पहिलो ओभरको दोस्रो बलमै कुनै रन नबनाई आउट भए । त्यसैले तेस्रो खेलमा यी जोडीले निरन्तरता पाउने संभावना कम छ । यसको विकल्पमा विनोद भण्डारीेेले प्रदीपको स्थान लिन उच्च संभावना छ ।

निराश मुद्रामा पेभेलियन फर्कंदै कप्तान पारस खड्का

टिमलाई राम्रो सुरुवात दिन र राम्रो स्कोर तर्फ पुर्याउन ओपनिङ जोडीले राम्रो साझेदारी गर्नै पर्छ । ओपनर ब्याट्सम्याननै पहिलो बलमै आउट हुँदा तेस्रो, चौथो र पाँचौमा आउने ब्याट्सम्यान रन बनाउन भन्दापनि विकेट जोगाउन खोज्छन् ‌। यसो गर्दा धेरै डट बलको सामना गरि दवावमा खराब शट प्रहार गरि आउट भइरहेका छन् । आइतबार पारस र विनोदलाई ओपनिङ जोडीको रुपमा देख्न सकिने प्रबल संभावना छ । यी दुई जोडीले राम्रो साझेदारी गर्दै पछिल्ला ब्याट्सम्यानलाई खुलेर खेल्ने वातावरण बनाउन सक्नुपर्छ । जसले गर्दा सजिलै लक्ष्य पक्ष्याउन र ठूलो स्कोर बनाउन सहज हुने छ ।

नेपाललाई अर्को चिन्ताको विषय हो शीर्ष ब्याट्सम्यानको खराब प्रर्दशन । पहिलो खेलमा शीर्ष पाँच ब्याट्सम्यानको कुल रन ४० पुगेको थियो । दोस्रो खेलमा ४६ रन । शीर्ष ब्याट्सम्याननै चल्न सक्दैनन् भने तल्लोक्रममा ब्याट्सम्यानबाट लामो पारीको आसा गर्न पनि मिल्दैन । दवावमा खेल्दा राम्रो बल पनि खराव बन्न सक्छ ।

शीर्ष ब्याट्सम्यानको जिम्मेवार ब्याटिङ

नेपाललाई अर्को चिन्ताको विषय शीर्ष ब्याट्सम्यानको खराब प्रर्दशन हो । पहिलो खेलमा शीर्ष पाँच ब्याट्सम्यानको रन जोड्दा ४० रन पुगेको थियो । दोस्रो खेलमा ४६ रन । शीर्ष ब्याट्सम्यान नै चल्न सक्दैनन् भने तल्लोक्रममा ब्याट्सम्यानबाट लामो पारीको आसा गर्न पनि मिल्दैन । दवावमा खेल्दा राम्रो बल पनि खराब बन्न सक्छ । अर्थात सजिलै रन बन्ने बलमा पनि विकेट गुमिरहेको हुन्छ । तेस्रो खेलमा शीर्षक्रमका ज्ञानेन्द्र मल्ल र पारस खड्काले जिम्मेवारीका साथ ब्याटिङ गर्नु पर्छ ।

पेभेलियन फर्कंदै ज्ञानेन्द्र मल्ल

सन्दीप जोराले पहिलो खेलमा ५३ रन बनाएका थिए भने दोस्रो खेलमा १ रनमा आउट भए । दिपेन्द्रले दोस्रो खेलमा ४७ रन बनाउदै खेल जिताए । पहिलो खेलमा उनी ४ रनमा पेभिलिएन फर्केका थिए । ज्ञानेन्द्र मल्लले दुबै खेलमा ७-७ रन मात्र जोडेका छन् । मल्ल लयमा नहुनु नेपाललाई अर्को चिन्ताको विषय पनि हो । आइतबार शीर्षक्रमका ब्याट्सम्यानले राम्रो रन जोड्न सके पुछारका ब्याट्सम्यानले खुलेर रन बनाउन सक्छन् ।

ठूलो शटको प्रयास

टि–२० खेलनै हिटिङ खेल हो । एकै ओभरमा नै खेलले नयाँ मोड लिन सक्छ । तर नेपाल भने ओडीआईमा जस्तै ब्याटिङ गरिरहेको छ । टि–२० खेलमा डबल सिंगलसँगै चौका छक्कामा पनि ध्यान दिनुपर्छ । तर नेपाली ब्याट्सम्यान एक दुई रनमै बढि जोड दिई रहेका छन् ।

पहिलो खेलमा १ सय ५४ रनको लक्ष्य पक्ष्याउने क्रममा नेपाली ब्याट्सम्यानले ७ विकेटको क्षतिमा २० ओभरमा १ सय ३२ रन बनाए । जसमा १० चौका र २ छक्का सामेल थियो । चौका र छक्काको  रन जोड्दा ५२ मात्र हुन्छ । ८० रन डवल सिंगलमा जोडेको थियो । दोस्रो खेलमा १ सय ८ रनको लक्ष्य पक्ष्याउने क्रममा ६ विकेटको क्षतिमा तीन बल बाँकी छदा १ सय ११ रन बनायो । जसमा ९ चौका र २ छक्का मात्र नेपाली खेलाडीले प्रहार गरे । चौका-छक्काको रन जोड्दा ४८ रन हुन्छ भने डवल सिंगल मार्फत ६३ रन बटुले । जुन विपरित हुनु पर्ने थियो ।

दिपेन्द्रसिंह ऐरी

तेस्रो खेलमा ठूला शट प्रहार गर्न जोखिम उठाउनुपर्छ । तर ठूला शट भन्नाले हरेक बलमा हान्नुपर्छ भन्ने होइन । जतिसुकै राम्रो बलरले पनि ६ बल मध्य सबै राम्रो गर्न सक्दैन । केहि खराब गर्ने गर्दछ । जुन बललाई बाउन्ड्रीको बाटो देखाउन सक्नुपर्छ । ठूला सटलेनै ठूलो स्कोरतर्फ पुर्याउँछ । डबल सिंगलले रनगतिलाई स्थिर बनाउन सहयोग पुग्छ । डबल सिंगलमा स्कोर कम बन्नुका साथै विपक्षी बलरपनि हाबी हुन सक्छन् । तेस्रो खेलमा जित निकाल्न नेपाली ब्याट्सम्यानले सम्मेमित हुँदै ठूला ठूला शट खेल्नुपर्छ । साँच्चै नेपाली दर्शकलाई पनि टि–२० खेल हेरेको अनुभुती होस,ओडीआई होइन ।

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 19, 2024

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका […]

Success

Thank you for your time.