सुबास हुमागाईं, दुबई
नेपाल र यूएईबीच हुने भनिएको तेस्रो तथा निर्णायक टि-२० खेलमा वर्षा बाधक बनेको छ । निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल निर्धारित समयमा सुरु नहुने पक्का भएको छ ।

नेपाली समयानुसार २:४५ बजे सुरु हुने खेलका लागि २:१५ मा टस हुनुपर्ने थियो । तर लगातार वर्षासँगै टस सरेको छ । पिचको मुख्य कभर लगाइएको छ । मैदानको स्थिति राम्रो भएकाले वर्षा रोकिएको केहि समयमा नै खेल सुरु हुने सम्भावना भने रहेको छ ।
खेलका लागि खेलाडीहरु पेभेलियनसम्म पनि पुगेका छैनन् । वर्षाका कारण खेलाडीहरु भीआईपी बक्समा नै रहेर प्रतीक्षा गरिरहेका छन् ।
मैदानबाट प्रत्यक्ष भिडियो :