default_image

5 years ago

May 15, 2019

पाकिस्तानमाथि इंग्ल्यान्डको सानादार जित

एजेन्सी – ओपनर जोनी बेयरस्टोले उत्कृष्ट शतक प्रहार गरेपछि पाकिस्तानसँगको तेस्रो वान डे खेलमा इंग्ल्यान्डले सानदार जित हात पारेको छ । मंगलबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै पाँच ओडीआई सिरिजमा इंग्ल्यान्डले २-० को अग्रता लिएको छ । ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४४.५ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो […]

28 views

0 Bookmark

एजेन्सी – ओपनर जोनी बेयरस्टोले उत्कृष्ट शतक प्रहार गरेपछि पाकिस्तानसँगको तेस्रो वान डे खेलमा इंग्ल्यान्डले सानदार जित हात पारेको छ ।

मंगलबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै पाँच ओडीआई सिरिजमा इंग्ल्यान्डले २-० को अग्रता लिएको छ । ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४४.५ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो । यो इंग्ल्यान्डले पछ्याएको अहिलेसम्मकै सर्वाधिक ठूलो लक्ष्य हो । इंग्ल्यान्डको जितमा ओपनर जोनी बेयरस्टोले १ सय २८ रनको शतकीय महत्वपूर्ण योगदान दिए । २९ ओभरको चौथो बलमा जुनैद खानले बोल्ड आउट गर्नु अघि उनले ९३ बलमा १५ चौका र ५ छक्का प्रहार गरे ।

त्यस्तै ओपनर जोसन रोएले आक्रमक ७६ रनको योगदान दिए । उनले मात्र ५५ बलमा ८ चौका र ४ छक्का प्रहार गरेका थिए । ओपनर रोए र बेयस्टोले पहिलो विकेटका लागि १७.३ ओभरमा १ सय ५९ रनको आक्रमण शतकीय उत्कृष्ट साझेदारी गर्दै विशाल लक्ष्यलाई सहज रुपमै जित्ने संकेत देखाएका थिए । यी दुई बीचको साझेदारी फहिम असरार्फले रोयलाई आशिफ अलीबाट क्याच गराउँदै तोडे ।

इंग्ल्यान्डका अन्य जो रुटले ४३ र बेन स्टोक्स ३७ रनमा रन आउट हुँदा मोइन अली ४६ र कप्तान ओइन मोर्गन १७ रनमा अविजित रहे । अलीले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । पाकिस्तानका लागि जुनदै खान, फहिम असरार्फ र इमाद वासिमले समान १ विकेट हात पारे ।

त्यसअघि ब्रिस्टलमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५८ रन बनायो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले आफ्नो ओडीआई करियरकै उत्कृष्ट तथा छैटौं शतक प्रहार गर्दै १ सय ५१ रनको योगदान दिए । ४६ ओभरको दोस्रो बलमा टम कुरनले बोल्ड आउट गर्नु अघि उनले १ सय ३१ बलमा १६ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै आशिफ अलीले ४३ बलमा ३ छक्का र २ चौका सहित ५२, ह्यारिस सोहेल ४१, बाबर आजम १५, फखार जमान २,सरफराज अहमिद २७ रनमा आउट भए । ईमाद वासिम २२,फहिम असरार्फ १३ रनमा आउट हुँदा हसन अली १८ रनमा अविजित रहे । हसनले ९ बलमा २ छक्का र १ चौका प्रहार गरे ।

इंग्ल्यान्डकाको जितमा क्रिस वोक्सले १० ओभरमा ६७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै टम करनले २ र डेविड विल्ली र लियाम प्लन्केटको नाममा समान १ विकेट रह्यो । यसअघि पहिलो खेल वर्षाको कारण रद्ध हुँदा दोस्रो खेलमा इंग्ल्यान्ड १२ रनले विजयी भएको थियो । सिरिजमा इंग्ल्यान्डले २-० को अग्रता कायम गरेको छ । चौथो खेल आगमी शुक्रबार हुने छ ।

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

April 18, 2024

गण्डकीलाई पहिलो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – विपिन खत्रीको उत्कृष्ट बलिङमा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमापहिलो जित दर्ता गरेको छ। लगातार २ हारपछि पहिलो जित निकाल्ने क्रममा गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए।माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३ रनको लक्ष्य गण्डकीले १६.३ ओभरमा २ विकेटको नोक्सानीमा पुरा […]

April 18, 2024

कर्णालीमाथि लुम्बीनीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिप बिहीबार भएको कम योगफलको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ७ विकेटले सहजै हराएको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले अर्धशतक बनाए। लुम्बीनीको यो दोस्रो जित हो। ८२ रनको सहज लक्ष्य लुम्बिनीले १२.२ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पुरा गर्यो। कप्तान देवले उत्कृष्ट ब्याटिङ गरे। उनले […]

Success

Thank you for your time.