default_image

5 years ago

May 16, 2019

तीनकुनेको खुला मैदानमा सन्दीपको ‘टेनिस बल’ क्रिकेट

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने यति बेला कुनै विदेशी लिगमा व्यस्त छैनन् । पछिल्लो एक वर्ष अन्तर्राष्टिय फ्रेन्चाईज लिग र राष्ट्रिय टोलीबाट खेल्दै व्यस्त रहेका सन्दीप अहिले केहि समय फुर्सदमा छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर गत शनिवार नेपाल फर्किएका सन्दीप अव केहि समय आरामसँगै साथीभाईसँग समय बिताउने छन् । यसै […]

32 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने यति बेला कुनै विदेशी लिगमा व्यस्त छैनन् । पछिल्लो एक वर्ष अन्तर्राष्टिय फ्रेन्चाईज लिग र राष्ट्रिय टोलीबाट खेल्दै व्यस्त रहेका सन्दीप अहिले केहि समय फुर्सदमा छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर गत शनिवार नेपाल फर्किएका सन्दीप अव केहि समय आरामसँगै साथीभाईसँग समय बिताउने छन् । यसै क्रममा सन्दीपले बिहीबार विहान तीनकुनेमा क्रिकेट खेल्न पुगेको तस्बिर सामाजिक संजालमा राखेका छन् । सन्दीपले राजधानीको तीनकुनेमा क्रिकेट खेलिरहेका खेलप्रेमीसँग सामान्य रुपमा क्रिकेट खेलेका तस्विर सार्वजनिक गरेका छन् ।

उनले तीनकुनेमा क्रिकेट खेल्दा सानोमा साथीसँग टेनिस बलले खेल्दाको याद आएको उल्लेख गरेका छन् । केहि समय आराम गर्न र साथीभाई तथा परिवारलाई समय दिनको लागिनै आगमी ८ गतेबाट हुन लागेको प्रधानमन्त्री राष्टिय एक दिवसिय कप क्रिकेट नखेल्ने बताएका थिए ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.