एजेन्सी – आयरल्यान्ड र वेस्ट इन्डिजसँगको त्रिकोणात्मक सिरिज बंगलादेशले जितेको छ । शुक्रबार राती सम्पन्न फाईनल खेलमा डक वर्थ लुईस नियमको आधारमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेपछि सिरिज जित्न सफल भएको हो । वर्षाले प्रभावित हुदा २४ ओभरमा झारिएको थियो ।

टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले २०.१ ओभरमा १ सय ३१ रन बनाउन कुनै विकेट नगुमाएको अवस्थामा वर्षा सुरु भएको थियो । लामो समय सम्म पानी नारोकिंदा खेल २४ ओभरमा झार्नु पर्यो । निर्धारित २४ ओभरमा वेस्ट इन्डिजले १ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । डक वर्थ लेविसका आधारमा सम्रगमा वंगलादेशले २ सय १० रनको लक्ष्य पाएको थियो ।
वेस्ट इन्डिजका ओपनर शाई होपले ६४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ७४ रन बटुले । त्यस्तै सुनिल एम्ब्रिसले ७८ बलमा ७ चौका सअित ६९ रनमा अविजित रहे । बंगलादेशका मेहदी हसन मिराजले १ विकेट लिए ।
बंगलादेशले २ सय १० रनको लक्ष्य २२.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । अन्त्यतिर मोसद्देक हसनले मात्र २४ बलमा ५ छक्का र २ चौका प्रहार गर्दै ५२ रनमा अविजित रहेपछि बंगलादेश विजयी भएको थियो । उनले २० बलमा अर्धशतक पूरा गर्दै बंगलादेशका लागि ओडीआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । फाबियन एलेनको २३ औं ओभरमा मोसादेकले २५ रन जोडेपछि बंगलादेश जिततर्फ अग्रसर बएको थियो ।
त्यस्तै सौम्य सरकारले ४१ बलमा ९ चौका र ३ छक्का सहित ६६, मुश्फिकुर रहीम ३६, तामिम इकवाल १८, मोहम्मद मिथुन १७ र महमुदुल्लाहले १९ रनको योगदान दिए । वेस्ट इन्डिजका शैनन गेब्रियल र रेमोन रिफरले समान २ विकेट लिए ।