default_image

5 years ago

May 19, 2019

रुट र मोर्गन चम्किँदा पाकिस्तानलाई विशाल लक्ष्य

एजेन्सी – पाँचौ तथा अन्तिम ओडीआई खेलमा घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई ३ सय ५२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५१ रन बनायो । इंग्ल्यान्डका लागि कप्तान ओइन मोर्गनले ६४ बलमा ५ छक्का र ४ चौका सहित ७६ रनको उत्कृष्ट योगदान […]

18 views

0 Bookmark

एजेन्सी – पाँचौ तथा अन्तिम ओडीआई खेलमा घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई ३ सय ५२ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५१ रन बनायो । इंग्ल्यान्डका लागि कप्तान ओइन मोर्गनले ६४ बलमा ५ छक्का र ४ चौका सहित ७६ रनको उत्कृष्ट योगदान दिए । त्यस्तै जो रुटले ७३ बलमा ९ चौका सहित ८४ रन बटुले । रुटलाई ३६ ओभरको तेस्रो बलमा युवा खेलाडी मोहम्मद हुसैनले आशिफ अलीबाट क्याच गराए ।

रुट र मोर्गनले तेस्रो विकेटका लागि १ सय १७ रनको शतकीय साझेदारी गरेपछि इंग्ल्यान्डले विशाल योगफल तयार पारेको हो । यी दुईबीचको साझेदारी ३० ओभरको तेस्रो बलमा शाहिन शाह अफ्रिदीले अबिद अलीबाट मोर्गनलाई क्याच गराउँदै तोडेका थिए । इंग्ल्यान्डका अन्य जेम्स भिन्स ३३, जोनी बेयरस्टो ३२, जस बटलर ३४, बेन स्टोक्स २१, क्रिस वोक्स १३ र डेविड विल्ली १४ रनमा आउट भए ।

टम कुरन १५ बलमा समान २ चौका र छक्का सहित २९ रनमा अविजित रहे । पाकिस्तानका लागि युवा खेलाडी शाहिन शाह अफ्रिदीले १० ओभरमा ८२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै ईमाद वासिमले ३ विकेट हात पारे । मोहम्मद हुसैन र हसन अलीको नाममा १ विकेट रह्यो ।

पाँच ओडीआई खेलको श्रृंखलामा पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । दोस्रो,तेस्रो र चौथो खेलमा फराकिलो जित निकाल्दै इंग्ल्यान्डले सिरिजमा ३-० को अग्रता लिएको छ । आजको खेलमा इंग्ल्यान्ड विजयी भए क्विल स्विप गर्ने छ ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.