default_image

5 years ago

May 21, 2019

महबुबको कप्तानीमा प्रदेश २ को टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ ले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । टोलीको कप्तानी अलराउन्डर महबुब आलमले गर्ने भएका छन् । प्रदेश २ ले पहिलो खेल जेठ १० मा त्रिभुवन आर्मी क्लबसँग टीयू क्रिकेट मैदान कीर्तिपुरमा खेल्ने छ । जेठ ११ मा मुलपानी […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ ले आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । टोलीको कप्तानी अलराउन्डर महबुब आलमले गर्ने भएका छन् ।

प्रदेश २ ले पहिलो खेल जेठ १० मा त्रिभुवन आर्मी क्लबसँग टीयू क्रिकेट मैदान कीर्तिपुरमा खेल्ने छ । जेठ ११ मा मुलपानी मैदानमा प्रदेश १ सँग भिड्ने छ । त्यस्तै जेठ १५ मा नेपाल पुलिस क्लव तथा जेठ १७ मा कर्णाली प्रदेशसँग भिड्ने छ । समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदुरपश्चिम र गण्डकी रहेका छन् ।

समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । समुह बी बाट शीर्ष दुईमा पर्न सके प्रदेश २ सेमिफाईनलको लागि यात्रा तय गर्ने छ ।

गत वर्ष प्रदेश २ समुह चरणबाटै बाहिरिएको थियो । उक्त संस्करणमा प्रदेश २ ले ४ खेलमा ३ मा हार र १ मा जित निकालेको थियो । जेठ १० देखि २५ गते सम्म हुने प्रतियोगितामा प्रदेश २ टोली घोषणा गर्ने पहिलो टोली हो । प्रतियोगिता सुरु हुन ३ दिन मात्र बाँकी रहँदा अन्य कुनै पनि टिमले घोषणा गरेका छैनन् ।

पीएम कप खेल्ने प्रदेश २ को १४ सदस्य टोली :

१. मेहबुब आलम (कप्तान)
२. हासिम अन्सारी (उपकप्तान)
३. सुधिर चौधरी
४. कन्चनजंग कार्की
५. रवी शाह
६. सुरज पटेल
७. हरि शंकर शाह
८. विशाल शुसलिङ
९. साम्सद शेख
१०. राहुल प्रताप सिंह
११. विवेक यादव
१२. राशिद खान
१३. कुमार थापा
१४. दिब्यांशु मलिक

प्रशिक्षक – उमेशराज उपाध्याय
व्यवस्थापक – प्रकाश शर्मा

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३८ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

April 19, 2024

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका […]

Success

Thank you for your time.