default_image

5 years ago

May 21, 2019

सिद्धान्त र पुष्पसहित प्रदेश १ को टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश १ ले १४ सदस्यीय टोली घोषणा गरेको छ । जेठ १० गते देखि २५ गते सम्म मुलपानी र टीयू क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिताको लागि प्रदेश १ ले मंगलबार पुष्प थापाको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । घोषणा टोलीमा […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश १ ले १४ सदस्यीय टोली घोषणा गरेको छ ।

Siddhant Lohani

जेठ १० गते देखि २५ गते सम्म मुलपानी र टीयू क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिताको लागि प्रदेश १ ले मंगलबार पुष्प थापाको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो । घोषणा टोलीमा हिटर सिद्धान्त लोहनी पनि छन् ।

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । उद्धघाटन खेल जेठ १० गते मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीच हुनेछ ।

प्रदेश १ ले आफ्नो दोस्रो खेल जेठ ११ मा प्रदेश २ सँग मुलपानीमै प्रतिस्पर्धा गर्ने छ । त्यस्तै जेठ १३ मा टियू मैदानमा नेपाल आर्मीसँग भिड्ने छ । जेठ १६ मा टियूमै कर्णाली प्रदेशमा भिड्दा समुहको शीर्ष दुईमा पर्न सके सेमिफाईनलको यात्रा तय गर्ने छ । गत वर्ष प्रदेश १ ले ४ खेलमा ३ मा हार र १ मा जितका साथ समुह चरणबाटै बाहिरिएको थियो ।

पीएम कप खेल्ने प्रदेश १ को १४ सदस्य टोली :
१. पुष्प थापा (कप्तान)
२. सिद्धान्त लोहनी
३. मिनाश थापा
४. मुकुन्द यादव
५. श्रवण यादव
६. राजन मगर
७. दिपेश कँडेल
८. फिर्दोस अन्सारी
९. सरोज बस्नेत
१०. अंकित सुवेदी
११. सन्नी पुन
१२. अभ्यास तिम्सिना
१३. कमल खत्री
१४. रवि राय

प्रशिक्षक – महेश रिजाल
टिम प्रशिक्षक – राजेश पोखरेल
टिम ब्यवस्थापक – विप्लव घोष

April 17, 2024

बटलरको शतकमा राजस्थानको कीर्तिमानी जित

एजेन्सी – जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) मा कीर्तिमानी जित हासिल गरेको छ । आईपीएलको इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ । राजस्थानले कोलकत्ताले दिएको २२४ रनको विशाल लक्ष्य अन्तिम।बलमा ८ विकेट गुमाएर भेटायो । त्यसअघि […]

April 16, 2024

लुम्बिनीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुआत आत गरेको   छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको‌ पहिलो दिन मंगलबार लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको १ सय ३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।लुम्बिनीका सुनिल भण्डारीले […]

April 16, 2024

कतारको जितसँगै नेपाल समूह विजेता हुने पक्का 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कतारले दोस्रो जित दर्ता गरेको छ । नेपाल रहेकै समूह ए मा रहेको कतारले साउदी अरब माथि १५ रनको जित दर्ता गरेसँगै नेपाल समुहमा शीर्ष स्थानमा रहने पक्का भएको छ ।  समूह ए मा कतार ४ खेलमा ४ अंक सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ […]

Success

Thank you for your time.