default_image

5 years ago

May 22, 2019

विश्वकपमा सचिनका ४ कीर्तिमान

एजेन्सी – भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर विश्व क्रिकेटका सर्वकालीन महान खेलाडीमध्यका एक हुन् । सन् २०११ को विश्वकप भारतलाई जिताउन पुर्व कप्तान सचिन तेन्दुलकरको प्रर्दशन महत्वपूर्ण थियो । लिटिल मास्टर तथा मास्टर बलास्टरको उप नाम पाएका तेन्दुलकर विश्व क्रिकेटकै सर्वाधिक सफल क्रिकेटर हुन् । विश्व क्रिकेटमा सचिनको नाममा थुप्रै विश्व कीर्तिमान छन् । विश्वकपमा पनि […]

34 views

0 Bookmark

एजेन्सी – भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर विश्व क्रिकेटका सर्वकालीन महान खेलाडीमध्यका एक हुन् । सन् २०११ को विश्वकप भारतलाई जिताउन पुर्व कप्तान सचिन तेन्दुलकरको प्रर्दशन महत्वपूर्ण थियो ।

लिटिल मास्टर तथा मास्टर बलास्टरको उप नाम पाएका तेन्दुलकर विश्व क्रिकेटकै सर्वाधिक सफल क्रिकेटर हुन् । विश्व क्रिकेटमा सचिनको नाममा थुप्रै विश्व कीर्तिमान छन् । विश्वकपमा पनि सचिनको नाममा ४ कीर्तिमान यस्ता रहेका छन् ।

सर्वाधिक शतक
विश्वकपमा सचिन सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यान हुन् । सचिनले १९९२ देखी २०११ सम्म गरि ६ पटक विश्वकप खेलेका थिए । ६ पटकको विश्वकपमा ४५ खेलमा ४४ इनिङमा ब्याटिङ गरेका सचिनले ६ शतक १५ अर्ध शतक प्रहार गर्न सफल भए । उनको उत्कृष्ट प्रर्दशन १ सय ५२ रन छ । विश्वकपमा ६ शतक प्रहार गर्ने सचिन एक्लो ब्याट्सम्यान हुन् । सचिनपछि विश्वकपमा कुमार सांगाकारा र रिकी पोन्टिङले समान ५ शतक प्रहार गरेका छन् ।

सर्वाधिक रन
सचिन विश्वकपमा सर्वाधिक रन प्रहार गर्ने ब्याट्सम्यान हुन् । ६ विश्वकपमा सचिनले ४५ खेलमा ४४ इनिङ्गमा ५६.९५ को औसतमा कुल २ हजार २ सय ७८ रन जोडेका छन् । जुन विश्वकपमा सर्वाधिक रन हो । सचिन बाहेक विश्वकपमा अन्य कुनै पनि ब्याट्सम्यानले २ हजार रनको आकडा छुन सकेका छैनन् । सचिन पछि अष्ट्रेलियाका पुर्व कप्तान रिकी पोन्टिङले ४२ खेलमा १७ सय ४३ रन जोड्न सफल भएका छन् । श्रीलंका पुर्व कप्तान कुमार सांगाकाराले ३७ खेलमा १५ सय ३२ रन जोड्दै तेस्रो स्थानमा छन् ।

सर्वाधिक चौका
विश्वकपमा सर्वाधिक चौका प्रहार गर्ने रेकर्ड पनि सचिनको नाममा छ । ६ पटक विश्वकप खेल्दा सचिनले कुल ४४ खेलमा ब्याटिङ गर्ने मौका पाएका सचिनले कुल २ सय ४१ चौका प्रहार गरेका छन् । जुन विश्वकपमा सर्वाधिक चौका समेत हो । सचिनपछि सर्वाधिक चौका प्रहार गर्ने खेलाडीको रुपमा कुमार सांगकारा रहेका छन् । उनले ३५ खेलमा १ सय ४७ चौका प्रहार गरेका छन् ।

एकै विश्वकपमा सर्वाधिक रन
एकै विश्वकपमा सर्वाधिक रन प्रहार गर्ने रेकर्ड पनि सचिनकै नाममा छ । सन् २००३ को विश्वकपमा सचिनले ११ खेलमा १ शतक र ६ अर्ध शतक सहित ६१.१८ को औसतमा कुल ६ सय ७३ रन प्रहार गरेका थिए । जुन एकै विश्वकपमा बनेको सर्वाधिक रन समेत हो । सचिन पछि एकै विश्वकपमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी अष्ट्रेलियाका म्याथ्यू हेडनले सन् २००७ को विश्वकपमा १० खेलमा ६ सय ५९ रन जोडेका थिए ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.