एजेन्सी – युवा ब्याट्सम्यान बाबर आजमले शतक प्रहार गरेपछि एकदिवसिय विश्वकप वार्मअप खेलमा पाकिस्तानले अफगानिस्तानलाई २ सय ६३ रनको लक्ष्य दिएको छ ।

ब्रिस्टलमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तान ४७.५ ओभरमा अल आउट हुँदै २ सय ६२ रनमा समेटियो । बाबरले १ सय १२ रनको महत्वपूर्ण योगदान दिए । पाकिस्तानको एक तर्फबाट निरन्तर विकेट गुम्दा अर्कोतर्फबाट रन जोड्दै बाबरले बलियो योगफलसम्म पुर्याए । ४६ ओभरको पाँचौ बलमा दवालत जद्रानले रामत शाहबाट क्याच गराउनु अघि उनले १ सय ८ बलमा १० चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै सोएब मालिकले ५९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४४, ओपनर इमाम उल हक ३२,फकार जमान १९,ह्यारिस सोहेल १,मोहम्मद हफिज १२ रनमा आउट भए । कप्तान शरफराज अहमिद १३,हसन अली ६ र इमाद वासिम १८ रनमा रन आउट भए ।
अफगानिस्तानका मोहम्मद नाबीले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । राशिद खान र दवालत जद्रनले समान २ विकेट लिए । त्यस्तै हमिद हसन र अफ्तब आलमको नाममा समान १ विकेट रह्यो ।