एजेन्सी – विश्वकप सुरुहुन मात्र ६ दिन बाँकी रहँदा घरेलु टोली इंग्ल्यान्डका कप्तान ओइन मोर्गन घाइते भएका छन् । शुक्रबार अभ्यास गर्ने क्रममा बाँया हातको औलामा चोट लाग्न पुगेको छ ।

चोट लाग्नेबितिक्कै एक्स-रे गर्न मोर्गन अस्पताल पुगेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । अस्पतालको रिपोर्टपछि मात्र उनको चोट कति गम्भीर रहेको थाहा हुने बताईएको छ । इंग्ल्यान्डले शनिवार अष्ट्रेलियासँग वार्मअप खेल खेल्दै छ । पहिलो पटक विश्वकप जित्ने दाउमा रहेको इंग्ल्यान्डलाई मोर्गनको चोट घातक बन्न सक्छ । इंग्ल्यान्डले ३० मे मा दक्षिण अफ्रिकासँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।
विश्वकप खेल्ने इंग्ल्यान्डको टोली :
ओइन मोर्गन (कप्तान),मोईन अली,जोनी बयरस्ट्रो,जस बटलर,टम करन,जोफ्राआर्चर,जेम्स भिन्स,लियाम प्लन्केट,आदिल रासिद,जो रुट,जोसन रोय,बेन स्ट्रोक्स,लियाम डसन,क्रिस वोक्स र मार्क वुड ।