default_image

5 years ago

May 25, 2019

सुमितको उत्कृष्ट प्रर्दशनमा प्रदेश ३ लाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी सुमित महर्जनले उत्कृष्ट प्रर्दशन गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई २ सय ८९ रनको लक्ष्य दिएको छ । टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनायो । एपीएफलाई बलियो योगफल […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी सुमित महर्जनले उत्कृष्ट प्रर्दशन गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय प्रतियोगिताको दोस्रो खेलमा एपीएफले प्रदेश ३ लाई २ सय ८९ रनको लक्ष्य दिएको छ ।

टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनायो । एपीएफलाई बलियो योगफल सम्म पुर्याउन युवा खेलाडी सुमित महर्जनले ९४ रनको उत्कृष्ट इनिङ खेले । कप्तान पारस खड्काको ४० ओभरको अन्तिम बलमा दुई रन लिने क्रममा सोनु देवकोटाले रन आउट गराएपछि सुमित शतक बनाउन ६ रनले चुक्न पुगेका हुन् । रन आउट हुनु अघि उनले १ सय ३ बलमा ६ छक्का र ५ चौका प्रहार गरे ।

तल्लोक्रममा अंमर सिंह राउटेलाले १८ बलमा समान २ छक्का र चौका प्रहार गर्दै आक्रमक २७ रनमा अविजजित रहे । अभिनास बोहोरा ५ रनमा नट आउट रहे ।

पृथु बास्कोटा ५९ रनमा क्याच आउट भए । उनले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर प्रदीप ऐरीले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रनको योगदान दिए । २५ ओभरको चौथो बलमा नन्दन यादवको बलमा ठूलो शट खेल्ने धुनमा प्रदीप क्याच आउट हुन पुगे । शरद भेषवाकर १२,आशिफ शेख ७,शंकर राना १,सन्दीप जोरा ६ र भुवन कार्की १५ रनमा आउट भए ।

ओपनिङ ब्याटिङ गर्न मैदान उत्रेका शरदलाई कप्तान पारस खड्काले दोस्रो ओभरको अन्तिम बलमा जितेन्द्र सिंह ठकुरीबाट क्याच गराउनु अघि उनले ९ बलमा २ चौका प्रहार गरे ।

प्रदेश ३ का नन्दन यादवले १० ओभरमा २ मेडन सहित ४० रन खर्चेर ३ विकेट लिए । जितेन्द्र सिंह ठकुरीले ५ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिदा पारस खड्का र सुर्य तामाङको नाममा समान १ विकेट रह्यो ।

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

April 23, 2024

राजस्थानको जितमा यशस्वीको शतक

एजेन्सी – यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि […]

Success

Thank you for your time.