एजेन्सी – एकदिवसिय विश्वकपको १२ औं संस्करण को उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुदैं छ । र्भखर लन्डनमा टस जितेर दक्षिण अफिकाले पहिला बलिङ निर्णय लिएको छ ।

यी दुवै देशले हालसम्म विश्वकप उपाधि जित्नसकेका छैनन् । इंग्ल्यान्ड ३ पटक फाईनलमा पराजित भएको छ । दक्षिण अफ्रिकाले भने विश्वकपमा फाईनलसम्मको यात्रा नै तय गर्न सकेको छैन ।
अफ्रिकाको प्लेइङ ११ :
फाफ डु प्लेसिस (कप्तान), हसिम अमला, क्विन्टन डी कक, जेपी ड्युमिनी, एडेन मार्कराम, लुन्गी निडी, एन्डिले फेलुक्वायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, इमरान ताहिर, रस्सि भान डर दुसेन ।
इंग्ल्यान्डको प्लेइङ ११ :
इओन मोर्गन (कप्तान), मोईन अली, जोनी बयरस्टो, जस बटलर, जोफ्रा आर्चर, लियाम प्लन्केट, आदिल रासिद, जो रुट, जोसन रोय, बेन स्टोक्स, क्रिस वोक्स