5 years ago
June 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले आफ्नो कप्तानीमा टोलीलाई पहिलो उपाधि दिलाउने एसीसी इस्टर्न रिजन २०१९ प्रतियोगिता ठूलो अवसर रहेको बताएका छन् । आईतबार मलेसिया प्रस्थान गर्नु अघि रोहितले हाम्रोखेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘मेरो कप्तानीमा पहिलो उपाधि दिलाउने यो ठूलो अवसर हो, टिमको लागि पनि […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले आफ्नो कप्तानीमा टोलीलाई पहिलो उपाधि दिलाउने एसीसी इस्टर्न रिजन २०१९ प्रतियोगिता ठूलो अवसर रहेको बताएका छन् ।
आईतबार मलेसिया प्रस्थान गर्नु अघि रोहितले हाम्रोखेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘मेरो कप्तानीमा पहिलो उपाधि दिलाउने यो ठूलो अवसर हो, टिमको लागि पनि ठूलो अवसर छ,यो जिते एसिया कपमा टेष्ट नेशनराष्ट्रसँग खेल्न पाउँछौं’ ,रोहितले भने ।
तयारीको रुपमा प्रस्ताव गरिएको भारत भ्रमण रद्ध भएपनि एसिया क्वालिफायरको लागि भनेर पहिलादेखि नै अभ्यास गरेका हुँदा तयारी राम्रो भएको रोहित बताउँछन् । ‘ यस पटक सिनियर सन्दीप जोरा र आसिफ शेखलाई विश्राम दिदै नयाँ अनुहारलाई मौका दिएका छौं । ती नयाँ अनुहारलाई पनि आफुलाई प्रमाणित गर्ने राम्रो अवसर हो । विपक्षी खासै बलियो नहुँदा पनि युवा खेलाडीलाई मौका दिएका हौं । अर्को प्रतियोगितामा विश्राम दिएका खेलाडीको कमब्याक हुनेछ’ ,रोहितले भने ।
रोहित टोलीको ब्याटिङ र बलिङ दुबै सन्तुलन रहेको बताए । ‘कुनै पनि विपक्षीलाई कमजोर लिएका छैनौं । हामीले मैदानमा शत प्रतिशत प्रर्दशन गर्दै जित निकाल्ने छौं । हामी प्रतिद्वन्द्वी भन्दापनि मैदानमा बल हेरेर खेल्ने छौं,’ रोहितले थपे, ‘ एसिया कपमा टेष्ट राष्ट्र छन् । त्यहाँ राम्रो प्रदर्शन गर्ने हो भने सिनियर टिममा आउन पनि सहज हुन्छ । त्यसैले सबै खेलाडीको लागि ठूलो अवसर छ’,उनले भने । कप्तान रोहितले नेपाल उपाधि सहित स्वदेश फर्कने बताए ।
रोहितसँग मलेसिया प्रस्थानगर्नुअघि गरिएको कुराकानी :
एसीसी यू-१९ इस्टर्न रिजन-२०१९ प्रतियोगिताको लागि उपाधि जित्ने लक्ष्यका साथ नेपाली यू-१९ टोली आज दिउँसो २ बजे मलेसिया प्रस्थान गरेको छ । रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य खेलाडी र तीन अफिसियल गरि १७ जनाको मलेसिया प्रस्थान गरेको हो ।
प्रतियोगिता जुलाई २ देखि ९ सम्म मलेसियामा चल्ने छ । समुह ‘ए’ मा नेपाल,सिंगापुर र चीन छन् । नेपालको समुहबाट म्यानमारले नाम फिर्ता लिएको छ । समुह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् । नेपालले पहिलो खेल जुलाई ३ मा चीनसँग खेल्ने छ । त्यस्तै ५ जुलाईमा सिंगापुरसँग खेल्ने छ । दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ ।
प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू-१९ एसिया कपमा सहभागिता जनाउनेछ । यस प्रतियोगिताको विजेतासँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, यूएई र कुवेतले प्रतियोगितामा सहभागिता जनाउने पक्का भइसकेको छ । प्रतियोगिता २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म संचालन हुनेछ ।
April 17, 2024
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । दिल्लीले बुधबार गुजरात टाइटेन्सलाई ६ विकेटले हराएको छ । टस जितेर फिल्डिङ रोज्ने दिल्लीको निर्णय सहि साबित भएको थियो । ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर ९२ रन बनाएको थियो । दिल्लीका लागि […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आशुतोष गिरहियाको सानदार शतकमा बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हात पारेको छ । बागमतीले बुधबार गण्डकी प्रदेशलाई ६७ रनको सहज नतिजामा हराएको हो । गण्डकीको यो लगातार दोस्रो हार हो । माथिल्लो मुलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा मधेश प्रदेशले लगातार दोस्रो जित निकालेको छ । मयान यादव र अरनिको यादवले अर्धशतकीय पारी खेल्दा मधेशले बुधबार लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्यो । माथिल्लो मुलपानी क्रिकेटमा मैदानमा भएको खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ रोज्यो । मधेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै […]